हतियार कारोबारीलाई नियन्त्रणमा लिन गोंगबुमा प्रहरीले चलायो गोली
२०७५ माघ ९ गते

माघ ८, काठमाडौं । प्रहरीले काठमाडौँको गोंगबुमा एक हतियार कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको छ ।
काठमाडौँ प्रहरी परिसर टेकुको टोलीले हतियार कारोबारी काभ्रेका अभिलास तामाङलाई नियन्त्रणमा लिन गोली चलाएको हो । पक्राउ परेका तामाङको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।
null
तामाङको साथबाट ६ राउण्ड गोलीसहित लोडेड पेस्तोल बरामद गरिएको छ ।
अपराधी तामाङ गोंगबुको होटल नक प्रा.लि.मा हतियारसहित हिँडिरहेको गोप्य सूचना पाएको प्रहरीसँगको जम्काभेटमा भाग्न खोजेपछि गोली प्रहार गरिएको हो ।
उनलाई उपचारका लागि अस्पताल लाने काम भइरहेको प्रहरीले जनाएको छ ।
२०७५ माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित








