उद्योग वाणिज्य संघको चुनावमा अध्यक्ष पदमा पुष्प कुँवर

पुस २९, धनगढी । कैलाली उद्योग वाणिज्य संघको चुनावमा पुष्प कुँवरको प्यानलका कोषाध्यक्ष बाहेक सम्पूर्ण पदाधिकारीहरु विजयी भएका छन् । 

अध्यक्षका उम्मेदवार पुष्प कुँवरले प्रतिद्वन्दी रुपेश स्वाँरलाई हराउँदै विजयी भएका हुन् । कुँवर प्यानलका कोषाध्यक्ष बाहेकका सबै मुख्य पद तीनै उपाध्यक्ष, महासचिव र सचिवका उम्मेदवारले बिजयी भएका छन् । कुँवर प्यानलबाट उद्योग उपाध्यक्षमा पुस्कर ओझा, वस्तुगत उपाध्यक्षमा शिवराज कुँवर र वाणिज्य उपाध्यक्षमा गगन केसी विजयी भएका छन् । 

महासचिव कुँवर प्यानलका ओम विष्ट र सचिव सिद्धराज पनेरु वियजी भएका छन् । कुँवर प्यानलका कोषाध्यक्ष पदका उम्मेदवार दिनेश लम्साल स्वाँर समूहका अव्वु ओझाद्वारा वराजित भएका छन् । स्वाँर प्यानलबाट कोषाध्यक्ष पदमा विजयी ओझा विजयी भएका छन् । सदस्यमा पनि स्वाँर र कुँवर प्यालनका उम्मेदवारहरु मिश्रित रुपमा विजयी भएका छन् । 

null

कुँवर प्यानलबाट कोषाध्यक्ष बाहेक विजयी भएपछि व्यसायीहरु विजयी जुलुशको तयारीमा छन् । उनीहरुले फूलमाला लिएर मत गणना स्थल कैलाली उद्योग वाणिज्य संघ परिषद् तयारी अवस्थामा छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + five =