डा. केसीको स्वास्थ्य कमजोर छ, तर गम्भीर छैन: अस्पताल

इलामबाट काठमाडौं ल्याइएका डा. गोविन्द केसीको स्वास्थ्य खस्किए पनि गम्भीर नरहेको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले जनाएको छ । 

अस्पताल निर्देशक प्रा.डा. प्रेम खड्काले केसीको अवस्था बाहिर आएजस्तो गम्भीर नभएको बताए । तर, स्वास्थ्य कमजोर भएको उनको भनाइ छ । 

‘स्वास्थ्य जाँच गर्दा उहाँको अवस्था गम्भीर देखिएन,’ स्वास्थ्य रिपोर्टपछि डा. खड्काले भने, ‘शरीरमा रगतको मात्रा कमी छ । उहाँलाई चिकित्सकको निगरानीमा राख्नुपर्ने देखिन्छ ।’ 

null

इलाम अस्पतालमा अनशनमा रहेका केसीको अवस्था गम्भीर भएको भन्दै रातारात नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । उनलाई आइसियूमा राखेर उपचार गरिएको छ । 

केसीको उपचारका लागि सातजना चिकित्सकको मेडिकल टिम गठन गरिएको छ । शिक्षण अस्पतालका आइसियू इन्चार्ज डा. सुवास आचार्यको नेतृत्वमा टिम गठन गरिएको हो ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *