मन्त्रीको झापड खाएका सचिब अस्पताल भर्ना

पुस ३०, जनकपुर । मन्त्रीको कुटाइ खाएको भनिएका सचिब अस्पताल भर्ना भएका छन् । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले कुटपीट गरेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा आइतबार राती नै अस्पताल भर्ना भएका हुन् ।
सचिव झा आइतबार राति जनकपुरस्थित केयर नर्सिङ होममा उपचारको लागि भर्ना भएका छन् ।
null
सचिब झाकी श्रीमतीले विद्यानाथ झालाई अस्पताल भर्ना गरीएको तस्विर आफ्नो फेसवुकमा सार्वजनिक गरेकी छिन् ।आइतबार दिउँसो मन्त्री यादवले सचिब झालाई आफ्नै कार्यकक्षमा बोलाइ कुटपीट गरेको झाको आरोप छ । कुटपिटबाट घाइते भएकाले अस्पताल भर्ना गरिएको झाको परिवारले जनाएको छ । झाको मुख सुन्निएको, दाँया हातमा चोट लागेको र कम्मर दुखेका कारण अस्पताल भर्ना भएको झाले बताएका छन् ।
आफूले भने अनुकुलको एनजीओमा कार्यक्रम नपर्दा सचिव झालाई मन्त्री यादवले आफ्नो कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै सामुन्ने कुटपिट गरेको आरोप लगाएपनि मन्त्री यादवले आफुले कुटपीट नगरेको जिकिर गरेका छन् ।
अहिले सचिव विद्यानाथ झालाई कुटपीट गरेको घटनाका विषयमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा गठित ३ सदस्य टोलीले सोमबारबाट छानबिन सुरु गरेको छ ।
आज सोमबार टोलीको बैठक बसेर दुवैपक्ष र घटना स्थलमा रहेका प्रत्यक्षदर्शीहरुसंग बुझ्ने काम सुरु गर्ने टोलीका सदस्यसमेत रहेका प्रदेश २ का मुख्यसचिव दीपक सुवेदीले बताए ।
मन्त्री यादबले कार्यकक्षमा हातपात गरेको भन्दै सचिब यादवले प्रदेश कार्यालय परीसरमा मन्त्री यादवलाई आमचकारी गाली गर्दै लड्न आउन चुनौति दिएका थिए ।








