‘हरामीके बच्चा सक्ने भए लड्न आइज….यस्तो गाली गर्न सुहाउँछ सचिव ज्यू ! (भिडियो सहित)


पुस २९, काठमाडौं । २ नं. प्रदेशका मन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई सभामुखकै अगाडी कुटपीट गरेपछि सचिव झाले आमचकारी गाली गर्दै मन्त्रीलाई एक्लै एक्लै लड्न आउन चुनौति दिएका छन् । कार्यकक्ष बाहिर सुरक्षाकर्मी र प्रदेशसभाका कर्मचारीकै अगाडी जननिर्वाचित प्रतिनिधिलाई सचिव झाले आमचकारी गाली गर्दै ‘लड्न आउन’ धम्की दिएका छन् ।
मन्त्रीको हातबाट कुटाई खाएपछि बाहिरिएका सचिब झाले मन्त्रीलाई आमचकारी गाली गलौज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । सार्वजनिक भिडियोमा सचिब झाले मन्त्री यादबको नामै लिएर आमचकारी गाली मात्र गरेका छैनन्, धम्की समेत दिएका छन् । ‘यो मादर….को एनजिओ परेन भनेर मलाई कुट्ने…..हरामीके बच्चा सक्ने भए लड्न आइज एक्लै एक्लै’ भन्दै धम्काएका छन् । उनले मन्त्रीलाई इङिगत गर्दै ‘मातर….लाई छोड्नु हुँदैन’ समेत भनेका छन् ।
null
प्रदेश प्रहरी र मन्त्रालयका कर्मचारीकै अगाडी सचिब झाले मन्त्रीलाई मनपरी भन्दा प्रत्यक्षदर्शी अवाक भएका छन् । झाले मन्त्रीलाई गाली गर्दै एनजिओबाट घुस खाएको दावि समेत गरेका छन् । ‘यसले एनजिओबाट पैसा खाएको छ, मानसिक टर्चर गरेको छ, मैले अन्याय गरेको भए अख्तियार जान तयार छु, न्याय गरें, मन्त्री परिषद्को मर्यादा राखेको हो नत्र यसको घाँटी भाच्दिन्थें,’ उनले भनेका छन् ।
मन्त्रीले सचिबलाई झापड हानेकै भएपनि सचिबले आफ्नो मर्यादा विर्सेर आमचकारी गाली गलौजमा उत्रिएपछि धेरैले सचिव स्तरको मान्छेको बोली ठिक नभएको प्रतिकृया दिएका छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा धेरैले सचिवलाई गाली मात्र गरेका छैनन् । मन्त्रीलाई ठाडै धम्की दिनेलाई कारवाही गर्नुपर्ने समेत भनेका छन् ।
प्रदेश २ का आर्थिक तथा योजना मामिला मन्त्रीले सचिवमाथि कुटपिट गरेको विषयमा प्रदेश सरकारले छानबिन समिति बनाएको छ ।
आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपीट गरेका थिए ।
आइतबार नै बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । जसमा आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य छन् ।
उक्त समितिले दिएको प्रतिवेदनको आधारमा कारबाही गर्ने मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । आइतबार मुख्यमन्त्री राउतले कुटपीटको घटनाबारे मन्त्री यादव र सचिव झासँग छुट्टाछुट्टै छलफल गरेर जानकारी लिएका थिए ।
सचिव माथि मन्त्रीले हातपात गर्दा सचिबले भने मन्त्रीको एनजिओलाई कार्यक्रम नदिएको झोंकमा आफुमाथि कुटपिट भएको बताएका छन् ।
क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएका थिए । ती मध्ये ४० वटा संस्था छनोट भएका थिए । आफ्नो संस्था छनौटमा नपरेपछि मन्त्रीले सचिवमाथि हातपात गरेको उनको दावि छ ।
हेर्नुहाेस भिडियाे
https://www.facebook.com/makalukhabar/videos/387836325354116/
