जोडोको लागि यस्ता छन् सौन्दर्य टिप्स

 

– जाडोको समयमा चिसोको कारण हाम्रो छाला सुख्खा हुन्छ । नियमितरूपमा अनुहारमा दूध लगायो भने अनुहारको सुख्खापनलाई हटाउन सकिन्छ । दूधमा हामीलाई आवश्यक पर्ने प्रशस्त चिल्लो पदार्थ पाइन्छ । जसको प्रयोगले प्राकृतिकरूपमै अनुहारलाई कोमल र नरम बनाउने गर्छ । 

– अनुहारमा मह र गुलाब जलको ‘फेस प्याक’लगाउँदा पनि जाडोमा अनुहारको सुन्दरतालाई सुरक्षित राख्न सकिन्छ । यसका लागि दुई चम्चा मह र दुई चम्चा गुलाब जल मिसाई पेस्ट बनाउनु पर्छ । अनि यसलाई १५ देखि ३० मिनेसम्म अनुहारमा राखी पखाल्नु पर्छ । 

null

– जाडोको समयमा अनुहारको साथै ओठको सुन्दरतामा पनि उत्तिकै ध्यान दिनु आवश्यक छ । जाडोमा ओठ फुट्ने समस्या धेरैको हुन्छ । यसका लागि बदामको तेल ओठमा लगाउँदा लाभदायक हुन्छ । 

– जाडोमा मेकअप गर्दा फाट्ने सम्भावना हुन्छ । यसका लागि मेकअप गर्नुभन्दा अघि अनुहारमा राम्रो ब्रान्डको मोस्चराइजरको प्रयोग गरेर मेकअप गर्नुपर्छ । 

– जाडोमा कपालको रुखोपन पनि बढ्छ । यसका लागि नरिवल वा बदामको तेलले कपाललाई हप्तामा दुई /तीनपटक मसाज गर्नुपर्छ । एजेन्सी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *