काठमाडौं उपत्यकासहित देशैभरी वर्षा

२०७५ माघ ९ गते

काठमाडौं उपत्यकासहित देशैभरी गए रातिदेखि नै पानी परिरहेको छ। काठमाडौंमा बुधबार बिहान ६ बजेसम्मको रेकर्डअनुसार ५.५ मिलिलिटर वर्षा भएको छ।
पश्चिमी वायुको प्रभावले देशैभरी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् गंगा नगरकोटीले पश्चिमी हिमाली क्षेत्रबाट सुरु भएको हिमपात र वर्षा पूर्वतर्फ सर्दै गएको बताइन्।
‘काठमाडौं उपत्यकामा हिजो बेलुकाबाट सुरु भएको वर्षा आज दिनभरी नै जारी रहने सम्भावना छ,’ नगरकोटीले भनिन्, दिउँसोपख केहीबेर रोकिएपनि साँझबाट पुनः वर्षा हुनेछ। दिनभरी नै मौसम खुल्दैन।’
null
नगरकोटीका अनुसार आज पूर्वका धेरै ठाउँमा दिनभरी नै पानी पर्नेछ। पश्चिममतिर पनि मौसम खुल्ने संभावना छैन।

२०७५ माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित