मर्मत गरेर ल्याएकै दिन बोइङ विमान ग्राउन्डेड

काठमाडौं। सामान्य मर्मतका लागि मलेसिया पठाएको नेपाल वायुसेवा निगमको एक मात्र वोइङ विमान बुधबार ८१ दिनपछि काठमााडैं आइपुग्यो। 

काठमाडौंमा अवतरण नहुँदै ककपिटको विन्डसिल्ड (हावा रोक्ने भित्री भागको सिसा) आकाशमै चर्किएपछि फेरि ग्राउन्डेड भएको छ। 

निगम स्रोतका अनुसार मलेसियाबाट बुधबार मर्मत गरेर ल्याइएको विमान भारतीय आकाशमा आइपुग्दा ककपिटको दायाँतर्फको विन्डसिल्ड चर्किएको समाचार कान्तिपुर दैनिकमा छ। 

null

‘कोलकता पुग्नै लाग्दा को–पाइलटतफएको अगाडिको सिसाको एउटा तह चर्कियो,’ स्रोतले भन्यो, ‘ककपिटमा तीन तहमा सिसा राखिएको हुन्छ। तीमध्ये रसायन प्रयोग गरेर बनाइएको पारदर्शी प्लास्टिकयुक्त सिसा चर्किएको हो।’   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =