नेपाल रेमिटर्स एसोसिएसनमा नयाँ नेतृत्व

 

पुस २०, काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । हिजो राजधानी काठमाडौंमा सम्पन्न १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो । 

साधारण सभाले सुमन पोखरेलाई अध्यक्षमा निर्वाचित गर्नुको साथै दिवाकर थापा –निर्वतमान अध्यक्ष, चन्द्र टण्डन– उपाध्यक्ष, रितेश मित्तल– महासचिव, संजय सिग्देल– कोषाध्यक्ष, इन्द्र शर्मा–सचिवमा र सदस्यहरुमा युमा श्रेष्ठ, प्रविन अधिकारी, दीपेन्द्र खनाललाई कार्यसमितिमा निर्विरोध चयन गरेको छ 

null

कार्यसमितिको अध्यक्षमा चयन भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरे । सबै रेमिटेन्स कम्पनीहरू संगठित भइ आफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले बिक्रम सम्वत् २०६० मा नेपाल रेमिटर्स एसोसिएसनको स्थापना गरिएको थियो। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *