कांग्रेस सांसदद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध

 

माघ ७, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबारको राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ। 

कांग्रेसले डा.गोविन्द केसीको माग तथा सम्झौता कार्यान्वयन नगरेको र आफ्ना नेताहरु गिरिजा–सुशील कोइराला अस्पतालको विघटन गर्न लागेको भन्दै सदन अवरुद्ध गरेको हो। 

null

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएको घोषणा गर्नासाथ कांग्रेस सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर बैठकमा अवरोध गरेका हुन् । 

अध्यक्ष तिमल्सिना पटक पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि सांसदहरुले नटेरपछि बैठक आधा घण्टाका लागि स्थगित भएको हो। 

स्वास्थ्य राज्य मन्त्री डा.सुरेन्द्र यादवले गिरिजा–सुशील कोइराला अस्पतालको विषयमा जानकारी दिँदै खारेज नभएको बताएका थिए । उनले ९ वटा अस्पतालको विकास समितिका विषयमा मात्र निर्णय भएको जानकारी गराएपनि काँग्रेस सांसदहरूले सदन अवरुद्ध जारी राखेपछि सभाअध्यक्ष तिमिल्सिनाले बैठक स्थगित गरेका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =