मन्त्रीबाट कुटिएका सचिवले भने, ‘मध्यरातमा फेरी अर्को थप्पड खाइयो’

 

माघ ६, काठमाडौँ । पुस २९ गते आइतबार दिउँसो प्रदेश २ का वन तथा वातावरण सचिव विद्यानाथ झाले आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आफूलाई कुटपिट गरेको बताएका थिए । 

संघीय सरकारले ल्याएको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेको दाबी गरेका सचिव झाले गएराति पनि आफूले झापड खानुपरेको खुलासा गरेका छन् । 

null

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आज मध्यरातमा फेरी अर्को थप्पड खाइयो। चारैतिर दौडे न्यायको लागि, तर शक्तिको अगाडी निरिह बन्दै गइरहेको छु । मन्त्रीजी मलाई पिटेरै शानसँग हिड्नु भएको छ, आधिकारिक धनुषाको साथिहरु के को लागि आन्दोलन उठान गर्नु भएको थियो र के पाएर सम्झौता गर्नु भो ? मलाई राम्ररी थाहा छ तपाई मध्ये कतिजना म पिटिएकोमा रमाउनु भएको थियो, र त्यसको कारण पनि (अस्ति को सरुवा) । विज्ञप्तिको भाषा यति कुटिल छ कि तपाईँहरु प्रति रहेसहेको सम्मान पनि पखालियो। मेरो र अर्थमन्त्रि बीच को घटना ? २९ गते कै तपाईहरुकै बिज्ञप्तिसँग मेल खादैन।’ 

क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएका थिए । ती मध्ये ४० वटा संस्था छनोट भएका थिए । आफ्नो संस्था छनौटमा नपरेपछि मन्त्रीले सचिवमाथि हातपात गरेको बताइएको थियो । 

‘दुई तीन दिन यसो पेन डाउन गरेर नाटक गर्नु भो र शक्तिका अगाडी घुडा टेक्नु भो। तर भुलेर पनि यो न सोच्नुस कि म हारे, म हार्नु भनेको यो केसमा सत्य र सदाचार हार्नु हो। मलाई क्वाटरमा भेटेर झूटको आश्वाशन खुब दिनु भएको थियो, तर तपाई शक्तिको अगाडी टिक्नु हुन्न भन्ने मलाई उतिबेला पनि राम्ररी थाहा थियो।’, झापड काण्डबारे स्मरण गर्दै झाले फेसबुकमा लेखेका छन्, ‘तर याद गर्नु होला यो विज्ञप्तिका ड्राफ्ट कर्ता ज्यु, जुन बिऊ आज तपाईहरु असत्यको अगाडी घुडा टेकेर रोप्नु परेको छ, त्यसको फल पनि कालान्तरमा तपाईँले नै टिप्नु पर्ला।’ 

घटनाको दिन प्रहरीले भने कुटाई खाने सचिवलाई नै नियन्त्रणमा लिएको थियो । प्रदेश सरकारले घटना लगतै आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा छानबिन समिति पनि बनायो। समितिको म्याद आज सकिँदैछ। समितिले प्रतिवेदन बुझाउने तयारी समेत गरेको छ। 

केही समय वन अनुसन्धान तथा तालिम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई गत असोजमा प्रदेश २ को मन्त्रालयको सचिवका रुपमा खटाइएको थियो । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *