एन आई सी बैंककाे दोस्रो त्रैमासिक वित्तीय विवरण

 

माघ २, काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७५/७६ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण आज सार्वजानिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका छन् । 

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्म वार्षिक विन्दुगत आधारमा १७२ प्रतिशत (रु. १ अर्ब ३५ करोड) ले वृद्धि गरी रु. २ अर्ब १४ करोडको सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ त्यस्तै गरी खुद मुनाफा तर्फ वार्षिक विन्दुगत आधारमा १६४ प्रतिशत (रु. ९४ करोड) को वृद्धि सहित रु. १ अर्ब ५१ करोडको खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा रु. ५७.१८ करोड रहेको थियो । बंैकले वार्षिक विन्दुगत आधारमा ५३ प्रतिशत (रु. ७४ अर्ब) को वृद्धि गरी वासालातको आकार रु. २१४ अर्ब पुर्याउन सफल भएको छ । जस अन्तर्गत कर्जा तर्फ वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत (रु. ४८ अर्ब) को वृद्धि गरी रु. १४९.३ अर्ब र निक्षेप संकलन तर्फ वार्षिक विन्दुगत आधारमा ४६ प्रतिशत (रु. ५५ अर्र्ब) को वृद्धि गरी रु. १७५.७६ अर्ब पुर्याउन सफल भएको छ । उक्त वृद्धि नेपाली बैंकिङ्ग ईतिहासमा कुनै पनि बैंकले वार्षिक विन्दुगत आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि हो । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *