हिउँले सेताम्मे चन्द्रागिरी

 

माघ ९, काठमाडौँ । काठमाडौँ उपत्यकासहित मंगलबार बेलुकीदेखि देशैभर पानी परिरहेको छ । 

चिसो बढेसँगै काठमाडौँ लगायत देशका विभिन्न स्थानमा हिउँ परेको छ । 

null

 

आज काठमाडौँको चन्द्रागिरीमा पनि हिउँ परेको छ । बिहानैदेखि परिवारसहित हिउँ खेलर रमाउन चन्द्रागिरी पुगेका छन् । 

 

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले पनि वर्षा भइरहेको छ। हिमाली जिल्लासँगै कतिपय उच्च पहाडी भूभागमा हिमपात भएको छ। 

 

काठमाडौंमा बुधबार बिहान ६ बजेसम्मको रेकर्डअनुसार ५.५ मिलिलिटर वर्षा भएको छ। 

 

पश्चिमी वायुको प्रभावले देशैभरी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *