ओपो आर १७ प्रो डिसेम्बर १५ देखि नेपालमा

मंसिर २३, काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आधिकारिक रुपमै आर सिरिज नेपालमा सार्वजनिक गर्ने तयारी पूरा भएको घोषणा गरेको छ । 

नेपालमा निकै लामो समयदेखि प्रतिक्षारत आर–सिरिजको सुरुवात नयाँ स्मार्टफोन ओपो आर १७ प्रो मार्फत गर्ने छ । नेपालमा आर १७ प्रो को विक्रिको सुरुवात नजिकिदै गरेको क्रिसमस तथा न्यू इयरको अवसर पारेर डिसेम्बर १५ मा गरिने कम्पनीले जानकारी दिएको छ ।  

 

null

आर १७ प्रो मार्फत आफ्ना उपभोक्तालाई रातका समयमा पनि उत्कृष्ट तस्विर लिन सघाउने कम्पनीको प्रमुख उद्देश्य रहेको छ । आफ्नो पहिलो क्यामेरा फोन देखि नै ओपोले विश्वभरका उपभोक्तालाई उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्दै आइरहेको छ । अब आर १७ प्रोमा रहेको अल्ट्रा नाइट मोडद्वारा प्रचालित ‘सिज द नाइट’ मार्फत थप यूवाहरुको लोकप्रिय स्मार्टफोन बन्ने तरखरमा छ ।  

विशेषगरी नाईट फोटोग्राफीलाई ध्यानमा राखीओपो आर १७ प्रोमा हार्डवेयर तथा सफ्टवेयर दूवै स्तरोन्नती गरिएको छ । आर १७ प्रोमा प्रयोगकर्तालाई उत्कृष्ट गुणस्तरको नाइट फोटो लिन सघाउन सफ्टवेयर लेभल एआई अल्ट्रा क्लियर ईञ्जिनको ब्यवस्था गरिएको छ । फोनमा दिइएको एआई अल्ट्रा–क्लियर ईञ्जिन ओपोको तस्विर परिस्कृत गर्ने प्रविधि हो । यसले हार्डवेयरको सिमा भन्दा माथी उठेर तस्विरको गुणस्तरमा बृद्धि गर्दै उत्कृष्ट नाइट सट्स लिन सघाउने कम्पनीले जनाएको छ ।  

ओपो आर १७ प्रोमाएफ १.५/एफ२.४ को भ्यारिएबल स्मार्ट एपर्चर दिइएको छ । यसले कम वा अधिक प्रकाश भएका दूबै अवस्थामा तस्विरलाई स्पष्ट र गुणस्तरिय बनाउन स्वचालित रुपमा आफुलाई समायोजन गर्ने क्षमता राख्छ । त्यसैगरी फोनमा अप्टिकल ईमेज स्टेबलाइजेशन (ओआईएस) प्रविधि पनि छ । यसले फोनमा उपलब्ध गरिएको ७ पी लेन्स मोड्यूलको माध्यमबाट रातको समयमा खिचिने तस्विरलाई उज्योलो बनाउन लामो एक्स्पोजरको प्रयोगकता दौरान तस्विरलाई स्टेबलाइज गर्न सघाउँछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *