फिल्म ‘हजार जुनिमा ’ आर्यनको यस्ताे अवतार

 

पुस १३ , काठमाडौं । कुनै समयका निकै मंहगा, चर्चित र व्यस्त नायक आर्यन सिग्देल अब आउँने नयाँ फिल्म ‘हजार जुनिमा’ निकै नै फरक अवतारमा देखा पर्ने भएका छन् । 

हल्का फुलेकाे दाह्री र कपालमा देखिने उनलाई यो अवतारमा सजिलै चिन्न भने सकिने छैन । उनले फिल्म ‘हजार जुनिमा’ का लागि दाह्री र कपाल निकै लामो बनाउनुका साथै दाह्री र कपालको रंग हल्का सेतो पनि बनाएका छन् । यस फिल्ममा उनले एक पिताको रुपमा अभिनय गर्दैछन् । 

null

यस फिल्ममा मुख्य भुमिका आर्यन सिग्देल, प्रियंका कार्की,अक्की प्रधान र स्वस्तिमा खड्काको रहेको छ भने फिल्ममा अक्की प्रधानले सिग्देलको छोराको भूमिका निर्वाह गर्दैछन् । उक्त फिल्ममा सिग्देलको जोडीको रुपमा प्रियंका कार्की छनौट भएकी छिन् । 

फिल्म ‘हजार जुनिमा ’ को अहिले छायाँकन भइरहेको छ उक्त फिल्मको निर्देशन भने विकासराज आचार्यले गरेका हुन् । फिल्मको छायाँकन सुरु भए लगतै सामाजिक सञ्जालमार्फत सिग्देलको यो नयाँ अवतार बाहिर आएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *