यूएईमा आममाफीको म्याद थपियो

यूएई । यूएईले गैरकानुनी रुपमा बसेका विदेशी कामदारलाई आममाफी दिने समय एक महिना थप गरेको छ । डिसेम्बर २ बाट लागू हुने गरी यूएईले आममाफीको म्याद थपेको जनाएको हो । 

सोमबार यूएईको नागरिकता पहिचान सम्बन्धी संघीय प्राधिकरणले आममाफीको म्याद थपेको विज्ञप्ति जारी गरेको छ । 

आममाफीको लागि अगाडिनै प्रकृया सुरु गर्नेले पनि पुनः प्रकृया अगाडि बढाउन सक्ने छन् । यूएईको राष्ट्रिय दिवसको अवसरमा आममाफीको  अबसर दिएको हो। यसअघि पनि यूएईले चार महिना आममाफी दिने समय तोकेको थियो । गएको अगष्ट १ बाट सुरु भएको आममाफी प्रकृया नोभेम्बरमा सकिएको थियो । 

null

आममाफीमा गैरकानुनी रुपमा बसोबास गरिरहेका अन्य देशका नागरिकलाई वैधानिक बन्न अथवा आवश्यक कानुनी प्रकृया पूरा गरी आफ्नो देश फर्किन अवसर दिइन्छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *