भुटानी शरणार्थी प्रकरणः बाबु दोषी ठहर, छोरालाई सफाइ
२०८३ असार २३ गते

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी र रामबहादुर थापा बादलका छोरा प्रतिक थापाले सफाइ पाएका छन् ।
जिल्ला अदालत, काठमाडौँले मंगलबार यस मुद्दामा फैसला सुनाएको हो ।
यस प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ दिएको हो । सफाइ पाउनेमा थापा र रायमाझीसहित रामशरण केसी, टंककुमार गुरुङ, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन् ।
भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्रीद्वय खाँण र रायमाझीलाई भने दोषी ठहर गरेको छ । यस प्रकरणको मुद्दामा प्रतिवादी बनाइएका अधिकांश आरोपी कसुर ठहर भएका छन् ।सजाय निर्धारण भने अर्को पेशीमा तोकिने न्यायाधीश तेजबहादुर खड्काको इजलासको आदेशमा भनिएको छ ।
२०८३ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








