कलकल सुद्ध तोरीको तेल रुचाउँदै उपभोक्ता

स्वस्थ मुटु आजको आवश्यक्ता । यहि नारालाई मुर्तरुप दिनका लागि कल कल ग्रुप प्रा.लि.ले आम उपभोक्ता माझ ल्याएको शुद्ध तोरीको तेलले बजारमा छुट्टै परिचय बनाएको छ । बजारमा आएको छोटोे समयमै कलकल शुद्ध तोरीको तेललाई उपभोक्ताले अत्याधिक रुचाएका हुन् । स्वदेशमै गुणस्तरीय उपभोग्य सामग्री उत्पादन गरी राष्ट्र निर्माणको महान अभियानमा अग्रसर भएको कलकल ग्रुप प्रा.लि.ले बजारमा ल्याएको कलकल शुद्ध तोरीको तेल प्रयोग गर्दा मुटु र शरीर स्वस्थ राख्नका लागि सहयोग सिद्ध भएको उपभोक्ताको भनाई छ । 

 

बजारमा अनेक प्रकारका मिसावट गरिएका तेल उपलब्ध छन्, मानव स्वास्थ्यलाई हानी गर्ने विभिन्न रसायनिक पदार्थ मिसाइएर तयार पारिएका तेलले हाम्रो मुटुलाई हानी पुर्याउँछ । खासगरी त्यस्ता तेलहरु प्रयोग गर्दा कोल्स्ट्रोल नियन्त्रण गर्ने क्षमता हुँदैन । यहि कुरालाई मध्ये नजरगरी कलकल ग्रुपले तोरीको तेल बजारमा ल्याएको हो । 

null

अहिले हाम्रो बजारमा विभिन्न विदेशी व्राण्डका तेलहरु आएका छन्, ती तेलहरु आकर्षक प्याकमा बजारमा आएपनि तीनको उत्पादन कसरी भएको छ, त्यहाँ केके मिसाइएको छ भन्ने हामीलाई थाहै हुन्न । यसले गर्दा क्लोष्ट्रोलको मात्रा बढ्ने संभाावना अत्याधिक हुने गर्दछ ।  त्यहि कुरालाई ध्यानमा राखेर कलकल ग्रुपले शुद्ध तोरीमात्र पेलेर तेल उत्पादन गरेको हो । जसले हाम्रो शरीरलाई स्वस्थ राख्न सहयोग पुर्याउँछ । 

 

शुद्ध तोरीको तेल सुत्केरी महिला र बच्चाका लागि अत्यन्त लाभदायक मानिन्छ । तोरीको तेलले सुत्केरी महिला र नवजात बच्चालाई मालिस गरेको खण्डमा उनीहरुमा रोगसँग लड्ने प्रतिरक्षा प्रणाली मजबुत हुन्छ, ठण्डी र चिसोबाट जोगाउँदछ । 

कलकल ग्रुपले तोरीको तेलसँगै आलसको तेल समेत बजारमा ल्याएको छ । हाम्रो शरीरलाई नभई नहुने चिल्लो पदार्थ मध्येको एउटा तत्व हो, ओमेगा ३ । यसले कोलेस्टेरोलको पत्र जमेर रक्तनली साँघुरो भई उच्च रक्तचाप हुने प्रक्रिया रोक्छ । आलसमा ४२ प्रतिशत तेल हुन्छ, जसमध्ये ५५ प्रतिशतभन्दा बढी ओमेगा(३ फ्याट्टी एसिड हुन्छ । यहि कुरालाई ध्यानमा राख्दै कलकल ग्रुपले आलसको तेल समेत उत्पादन गर्न थालेको हो । 

युवा समुदायलाई उद्योग ब्यवसाय मार्फत राष्ट्र निर्माणमा अग्रसर भएको कलकल ग्रुप प्रा.लि.ले स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै आएको छ । 

 

आलसमा ओमेगा―३ फ्याट्टी एसिडको मात्रा अत्याधिक हुन्छ जसको प्रयोगले कोलेस्टेरोल घटाएर मुटुसम्बन्धी रोग न्यूनीकरण गर्न सहयोग गर्छ । यस कुरालाई हेल्थ क्यानडा र फूड एण्ड ड्रग्स एड्मिनिस्ट्रेशन अमेरिकाले समेत प्रमाणित गरेको छ । हाम्रो शरीरलाई आवश्यक अर्को तत्व लिगनिनमा एण्टी अक्सोडेन्ट (ट्युमर रोक्ने गुण) हुन्छ । प्रोस्टेट, स्तन, फोक्सो र कोलन क्यान्सरका विरुद्ध लिगनिन निकै प्रभावकारी सिद्ध भएको छ । आलसमा तिलभन्दा करीब ४७ गुणा र लसुनभन्दा ६०० गुणा बढी लिगानिन पाइन्छ । अर्थात्, आलस लिगनिनको पनि सबभन्दा राम्रो र सस्तो स्रोत हो । 

रातो रक्तकोष निर्माण र मस्तिष्क एवं स्नायुको कार्यप्रणालीमा आलसको तेल सहयोगी सिद्ध भएको छ । आलसले मुटुका धमनीहरूमा रगत जम्नबाट जोगाउँछ । कब्जियत, पाइल्स, फिस्टुलाका बिरामीलाई फाइदा गर्छ । छालासम्बन्धी रोगहरू एग्जिमा, डन्डीफोर, दाद, चिलाउने आदि हटाउँछ । यसमा रहेको ओमेगा ३ ले केशलाई स्वस्थ र चम्किलो बनाउँछ । आलसमा हुने फाइबरका कारण यसको सेवनपछि लामो समयसम्म भोक लाग्दैन । शरीरको बोसो घटाएर स्फूर्त बनाउन यो उपयोगी छ ।आलसमा पोलि अन स्याचुरेटेड फ्याट्टी एसिडलगायत अरू धेरै उपयोगी तत्वहरू हुन्छ । ४५ वर्ष पुगेका महिलाहरूमा हड्डी खिइने समस्या विरुद्ध आलस निकै प्रभावकारी हुने देखिएको छ । बालबालिकाको हड्डी बन्न र वृद्धवृद्धाको हड्डी मजबूत पार्नमा पनि आलसको तेल लाभदायक हुन्छ । मधुमेह, मिर्गौला रोग, हार्मोनको समस्या, थकान आदिमा पनि आलस धेरै उपयोगी हुन्छ ।क्यानडा, रसिया, युक्रेन, फ्रान्स लगायत देशमा आलस र आलसको तेल अत्याधिक मात्रामा प्रयोग हुने गरेको छ । क्यानडामा ४० प्रतिशत मानिस आलसको प्रयोग गर्दछन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *