यो सरकारलाई समर्थन गर्नुको कुनै औचित्य छैनः लक्ष्मणलाल कर्ण


मंसिर १८, काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले तत्कालीन सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै औचित्य नभएको बताएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले समर्थनको कुनै औचित्य नभएको बताएका हुन् । उनले आफ्नो पार्टीको अब बस्ने बैठकले सरकारको समर्थन फिर्ता लिने स्पष्ट पारे ।
null
‘हामीले त संविधान संशोधन र आन्दोलनका बेला हाम्रा नेता तथा कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता गराउनको लागि यो सरकारलाई समर्थन दिएका हौँ । तर, दुई वटै विषयमा अहिलेसम्म सरकारले हामीसँग कुनै छलफल गरेन’ उनले भने, ‘ त्यसैले अब यो सरकारलाई समर्थन जारी राख्नुपर्ने कुनै औचित्य छैन । अबको चार दिनपछि समर्थन फिर्ता लिन्छौँ’
साथै राजपा शीर्ष नेता कर्णले सरकारले कुनै पनि काम गतिलोसँग गर्न नसकेको आरोप लगाउँदै वर्तमान सरकार पूर्ण रुपमा असफल भैसकेको दाबी गरे ।
कर्णले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिश्चियन धर्म प्रचार गर्नको लागि नै योगदान पुर्याएको आरोप लगाए ।
उनले भने, ‘यदि प्रधानमन्त्रीले क्रिश्यिचन धर्म नै कबुल गरेको भए मलाई केही पनि भन्नु थिएन । तर, देशको सरकार प्रमुखले नै एउटा धर्मको निमित्त खर्च गर्ने र प्रचार गर्ने यो विल्कुल गलत काम भयो । व्यक्तिगत रुपमा केपी ओली क्रिश्चियन बन्न सक्नुहुन्छ’
