विपक्षीले हल्ला मच्चाए जस्तो सुस्त छैन सरकारः नेता रायमाझी

 

पुस १५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले पार्टी एकता छिट्टै हुने विश्वास व्यक्त गरेका छन् । 

इलाममा आयोजित पत्रकार सम्मेलनमा पूर्व उपप्रधानमन्त्री समेत रहेका नेकपा नेता रायमाझीले पुस मसान्तसम्ममा सबै सङ्गठनात्मक एकता सकिने गरी काम भइरहेको जानकारी दिए । 

null

पत्रकार सम्मेलनमा उनले वर्तमान सरकार विपक्षीले हल्ला मच्चाए जस्तो सुस्त नरहेको दाबी गरे । 

उनले सरकारले दीगो विकासको खाका कोरिरहेकाले ‘जादुमय’ विकास नदेखिएको प्रष्ट्याए । ‘हल्ला फैलाए जस्तो सरकार सुस्त छैन । विकास र समृद्धि भनेको तत्काल देखिँदैन, यो विस्तारै हुँदै जाने प्रक्रिया हो’, उनले भने । 

नेता रायमाझीले मुलुक नयाँ युगमा रूपान्तरण भएकाले सरकारसँग धेरै जिम्मेवारी रहेको उल्लेख गर्दै उनले जनताका अपेक्षा बढी भएकाले पनि सरकारको काम चलायमान नदेखिएको जिकिर गरे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =