काशि तिवारी हत्याकाण्डका आरोपी मेयर कुशहवाले पाए सफाई

 

पुस १३, काठमाडौँ । हिन्दू युवासंघ पर्साका संस्थापक अध्यक्ष काशि तिवारीको हत्या अभियोगमा पक्राउ परेका सियाराम कुशवाहले सफाई पाएका छन् । 

काशि हत्या काण्डमा वैशाख २७ देखि थुनामा रहेका रौतहटको कटहरिया नगरपालिकाका मेयर तथा नेकपाका नेता कुशवाहलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय शारदाप्रसाद अधिकारी र डम्बरबहादुर शाहीको इजलासले सफाइ दिएको हो । उनलाई अन्य मुद्दामा थुन्नु नपर्ने भए शुक्रबार नै रिहा गर्न आदेश दिइएको छ। 

null

उच्च अदालत जनकपुरको अस्थायी इजलासले तिवारीको हत्यामा दोषी ठहर गर्दै कुशवाहलाई २०७४ को २८ फागुनमा २० वर्ष जेल सजायको फैसला सुनाएको थियो। उच्च अदालत जनकपुरको फैसला उल्ट्याउँदै सर्वोच्चले कुशवाहलाई सफाई दिएको हो । 

काशी तिवारीको २०६७ असार १२ गते वीरगञ्ज–१३ मसानघाट शिवपार्वती मन्दिर नजिकै हत्या भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *