‘छक्का पञ्जा ३’ को सक्सेस पार्टीमा दीपाले भनिन्, सफलताको श्रेय दर्शकलाई दिन चाहन्छु

 

मंसिर १९, काठमाडौँ । कलाकार तथा नायिका दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र छक्का पञ्जा–३ को समूहले सक्सेस पार्टी आयोजना गरेको छ । 

गत असोज २४ गते दशैंको घटस्थापनादेखि प्रदर्शनमा आएको सिनेमा ‘छक्का पञ्जा–३’ ले ५१ औं दिन पार गरेको खुशीयालीमा टीमले मंगलबार बेलुका सक्सेस पार्टी आयोजना गरेको हो । 

null

सक्सेस पार्टीमा टिमका दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, वर्षा राउत, संजोग कोइराला लगायतका कलाकारहरु सहभागी भएका थिए भने साथमा मदनकृष्ण श्रेष्ठ, नीर शाह, भुवन केसी, करिश्मा मानन्धर, अशोक शर्मा, सीताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली, सन्दीप क्षेत्रीलगायत कलाकाहरू पनि उपस्थित थिए । 

कार्यक्रममा सिनेमालाई सफलतापूर्वक ५१औं दिन मनाउन साथ दिने कलाकार, प्राविधिक, पत्रकार, स्पोन्सर लगायतलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । 

कार्यक्रममा अभिनेता, निर्माता तथा कलाकार दीपकराज गिरीले ‘छक्का पञ्जा ३’ ले मनाएको ५१ औं दिन आफ्नो मात्र नभएर पुरै चलचित्र क्षेत्रको भएको बताए । 

यस्तै चलचित्रका निर्देशक दीपाश्रीले छक्का पञ्जाको सफलताको श्रेय दर्शकलाई दिन चाहेको बताइन् । 

यसअघि पनि दीपाश्रीले नै निर्देशन गरेको छक्का पञ्जा, छक्का पञ्जा–२ सर्वाधिक कलेक्शनको रेकर्ड कायम गर्न सफल भइसकेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *