लुका मोड्रिचले जिते बालाेन डी अाेरको उपाधि, रोनाल्डो र मेसीको राज तोडे

एजेन्सी। क्रोयसियाका मिडफिल्डर लुका मोड्रिचले बालाेन डी अाेरको उपाधि जितेका छन् । फिफा वर्ष खेलाडी समेत बनेका मड्रिचले फाइनलमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीलाई पछि पार्दै उपाधि जितेका हुन् । 

यसका साथै रोनाल्डो र मेसीको पछिल्लो एक दशकदेखिको राजलाई पनि मोड्रिचले तोडेका छन् । 

विश्वकपमा आफ्नो देशलाई फाइनलसम्म पुर्‍याउनुका साथै च्याम्पियन्स लिगको उपाधि दिलाउँदा महत्वपूर्ण योगदान दिएका ३३ वर्षीय मड्रिच सन् २००७ पछि रोनाल्डो र मेसी बाहेक यो उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् । 

null

 

करियरमा पहिलो पटक बालाेन डी अाेरको उपाधि जितेका मोड्रिचभन्दा अगाडी सन् २००७ मा ब्रजिलियन खेलाडी काकाले यो उपाधि उचालेका थिए । 

त्यसपछि लगातार १० वर्ष मेस्सी र रोनाल्डोले उपाधिमा कब्जा जमाए ।अहिलेसम्म यो अवार्ड रोनाल्डोले ५ पटक र मेस्सीले पनि पाँच पटक जितेका छन् । 

मोड्रिचपछि यसपटक रोनाल्डो दोस्रो स्थानमा रहे भने तेस्रो स्थानमा एन्टोइन ग्रिजम्यान र चौथो स्थानमा केलियन एम्बाप्पे रहे । मेस्सी यसपटक पाँचौ स्थानमा रहे । मोड्रिचले कुल सात सय ५३ अंक पाए भने रोनाल्डोले चार सय ७६ र ग्रिजम्यानले चार सय १४ अंक प्राप्त गरेका थिए । 

अवार्ड जितेपछि मोड्रिचले रोनाल्डो र मेसी उत्कृष्ट खेलाडी भएको प्रतिक्रिया दिएका थिए । यस्तै पहिलो पटक महिला विधाको उपाधि नर्वेकी स्ट्राइकर एडा हेगरबर्गले जितिन् । 

यसैवर्ष देखि यो विधामा महिला तर्फको अवार्ड पनि रोखिएको थियो । कोपा ट्रफि अवार्ड केलीयन एम्बाप्पेले हात पारे ।  

मोहमद सलाहले छैटौं स्थान प्राप्त गरे । सातौंमा राफेल भाराने र अाठौंमा इडेन हाजार्ड रहे । केभिन डि ब्रुएन नवौं र ह्यारी केनले दशौं स्थान हासिल गरे । नेयमार शीर्ष दशमा पनि नपर्दा १२ अौं स्थानमा रहे । 

मोड्रीचले विश्वकपमा क्रोएसियाला फाइनलसम्म पुर्याउन प्रभावशाली प्रदर्शन गरेका थिए । फ्रान्ससँग फाइनलमा पराजित भएपनि उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए । 

रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउने क्रममा मोड्रीचको प्रदर्शन निकै महत्त्वपूर्ण रहेको थियो । पछिल्लो दुई वर्ष च्याम्पियन्स लिग विजेताको हकमा रोनाल्डोले ब्यालोन डी’ओर उपाधि हत्याएका थिए ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *