महानिरीक्षक खनालसहितको टोली कञ्चनपुरमा, नयाँ शिराबाट अनुसन्धान !

 

पुस ११, काठमाडौँ । नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित अपराध अनुसन्धानका विज्ञ टोली कञ्चनपुरतर्फ प्रस्थान गरेकाे छ । 

बलात्कारपछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानलाई नयाँ शिराबाट सुरु गर्नका लागि महानिरीक्षक खनालसहितको टोली कञ्चनपुरतर्फ लागेको हो । 

null

केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी निरजबहादुर शाही, इन्टरपोलका उमेशराज जोशी, एसपी गणेश रेग्मी, एसपी रामदत्त जोशी, अपराध महाशाखाका डिएसपी, अपराध महाशाखाका सई गजेन्द्र रावल लगायतको टोली मंगलबार बेलुकी कञ्चनपुर प्रस्थान गरेको हो । 

कञ्चनपुर पुगेर टोलीले घटनास्थलको निरीक्षण गर्ने, निर्मलाका बाबुआमालाई भेट्ने र अहिलेसम्म भएका अनुसन्धानका आधारमा नयाँ शिराबाट अनुसन्धान सुरु गर्ने बताइएकाे छ । साथै डिएसपी मनोहर भट्ट नेतृत्वको अनुसन्धान टोलीले शंकास्पद १० जनाको नाम टिपाएको र त्यसमा नै छानबिन गरी अनुसन्धान गर्नका लागि महानिरीक्षक टोली कञ्चनपुर पुगेको श्रोत बताउँछ ।  

प्रहरीका अनुसार अनुसन्धान टोलीले नजिकै रहेको आर्मी ब्यारेकबाट घटना भएको दिन निस्किएका सैनिक जवानहरुमाथि अनुसन्धानबारे पनि टुंगो लगाउने छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *