राप्रपा सहायक महामन्त्रीमा भरत पाठक

 

मंसिर १७, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सहायक महामन्त्रीमा नुवाकोटका भरत पाठक मनोनित भएका छन् । 

राप्रपाका अध्यक्ष कमल थापाले विधानअनुसार पाठकलाई सहायक महामन्त्रीमा नियुक्त गरेका हुन्  । 

null

विधानले अध्यक्षलाई आवश्यकताअनुसार पदाधिकारी नियुक्त गर्ने अधिकार दिएको छ । उनीसँगै राप्रपामा सहायक महामन्त्रीका संख्या दस पुगेको छ। पदाधिकारीको संख्या १४ पुगेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *