बिराटनगरमा अन्तर्राष्ट्रियस्तरको वर्डप्रेस सम्मेलन

पुस ५ बिराटनगर । प्रविधिको प्रयोग बिस्तार गर्ने उद्देश्यले बिराटनगरमा अन्तर्राष्ट्रियस्तरको एक दिने वर्डप्रेस सम्मेलन हुने भएको छ । आयोजक समितिले बिराटनगरमा पत्रकार सम्मेलन गरी यही पुस ७ गते शनिबार सम्मेलन हुने जानकारी गराएको हो । 

संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने वर्डप्रेस सम्मेलनमा प्रविधिसम्बन्धी चर्चा र प्रशिक्षणलगायतका कार्यक्रम हुने जनाइएको छ । पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक गंगा काफ्लेले प्रविधि सम्बन्धी महामेलाका रुपमा लिइने कार्यक्रम काठमाडौं बाहिर दोश्रो पटक हुन लागेको बताए । उनले सम्मेलनमा विश्वभरिका २२ बढी देशका आइटीसम्बन्धी विज्ञको सहभागिता हुने जानकारी दिए । 

आइटी विज्ञ एवम आयोजक समितिका सदस्य पर्वतराज झाले कार्यक्रम आयोजनाले बिराटनगरलाई प्रविधिमार्फत विश्वसामु चिनाउनुका साथै प्रविधिमा लगानी गर्ने वातावरणको विकास हुने बताए । ४ सय बढीको सहभागिता रहने कार्यक्रम विश्वस्तरीय हुने आयोजक समितिले जनाएको छ । कार्यक्रममा एक दर्जन बढी देशबाट आउने विज्ञहरुले वर्डप्रेस सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने तालिका रहेको छ । 

null

यस्तै सामाजिक कार्य गरिरहेका बिभिन्न संस्थाहरुको वेबसाइट बनाएर निःशुल्क हस्तान्तरण गर्ने र प्रदेश एकमा संचालन भइरहेका बिभिन्न स्टार्ट अप कम्पनीहरुको सामूहिक उद्घाटन कार्यक्रमसमेत हुने जनाइएको छ । कार्यक्रममा जेटप्याक, बुकमर्स, ब्लुहोस्ट, गोड्याडी, सफ्टवेरीका कलेज, पाइला टेक्नोलोजिष्ट सहित रारा थिम लगायतको सहभागिता रहने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *