३ नं प्रदेशमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू

मंसिर २५, भरतपुर । ३ नं प्रदेश सरकारले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम कार्यान्वयन गर्न सुरु गरेको छ । ३ नं प्रदेशका १३ जिल्लाका २० वटा माध्यमिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू भएको हो । 

चितवनका दुई वटा विद्यालयले दुई नर्स, सिन्धुपाल्चोकको दुई विद्यालयले दुई नर्स, रसुवाको एक विद्यालयले एक नर्स, नुवाकोटको दुई विद्यालयले दुई नर्स, मकवानपुरको दुई विद्यालयले दुई नर्स, रामेछापको एक विद्यालयले एक नर्स, ललितपुरको दुई विद्यालयले दुई नर्स, काठमाडौँको दुई विद्यालयले दुई नर्स, धदिङको दुई विद्यालयले दुई नर्स, भक्तपुरको एक विद्यालयले एक नर्स, काभ्रेपलाञ्चोक र दोलखाका एक/एक स्कुलले एकएक नर्स पाएका छन् । 

यो वर्ष चितवनको भरतपुर १० मा रहेको नारायणी नमुना मावि र भरतपुर १६ मा रहेको दुर्गा शेषकान्त माविले नर्स पाएको हो । यी दुबै चितवनका नमुना विद्यालय हुन् । सिन्धुपाल्चोकको चौताराको कृष्णरत्न मावि र भिमेश्वर मा.वि.ले नर्स पाएका छन् । यसैगरी सिन्धुलीको जनज्योति मा.वि., रसुवाको कालिका हिमालयन मा.वि., रामेछापको मन्थली मा.वि., नुवाकोटको बिन्दुकेशर मा.वि. र त्रिभुवन मा.वि.ले नर्स पाएका छन् । मकवानपुरको महेन्द्र मा.वि. र आधुनिक मा.वि., ललितपुरको आदर्श टोल मा.वि., त्रिपद्मा विद्याश्रम मा.वि., काँभ्रेपलाञ्चोकको पार्वती मा.वि., काठमाडौँको जनसेवा र पद्माकन्या मा.वि., दोलखाको हनुमन्तेश्वर मा.वि., धादिङको निलकण्ठ मा.वि. र मावि बेनिघाटले नर्स पाएका छन् । यसैगरी भक्तपुरको बागिश्वरी माविले पनि नर्स पाएका छन् । 

null

२०७६ असार मसान्तसम्मको करार नियुक्ति दिएर प्रदेश सरकारले पहिलो वर्ष २० जना नर्सलाई विद्यालयका बालबालिकालाई स्वास्थ्य सेवा पु¥याउन खटाएको छ । भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख भूमिलाल सुवेदीले प्रदेश सरकारले नियुक्ति दिएर पठाएको दुई जना नर्सलाई सम्बन्धित विद्यालयमा स्वास्थ्य सेवा पुर्याउन पठाइएको बताए । नारायणी नमूना मा.वि.मा नर्स सञ्जु तिमिल्सिना र नर्स दुर्गा शेषकान्त मा.वि.मा मधुकुमारी पौडेलले स्वास्थ्य सेवा दिन सुरू गरेका छन् । 

महानगर शैक्षिक प्रशासन महाशाखाका शाखा अधिकृत बाबुराम दवाडीले विद्यालयमा खटिएका स्टाप नर्सको कामकारवाहीको अनुगमन गरेर रिपोर्टिङ गर्न प्रदेश सरकारले निर्देशन दिएको बताए । नारायणी नमूना मा.वि.का सहायक प्रधानाध्यापक वासुदेव शर्माले प्रदेश सरकारबाट करार नियुक्ति लिएर आएकी स्वास्थ्यकर्मीबाट स्वास्थ्य सेवा दिन सुरू भइसकेको बताए । उनले भने, ‘पहिला विद्यार्थीहरुको स्वास्थ्य समस्याहरुको समाधान शिक्षकहरुबाट हुने गरेको थियो, अब स्वास्थ्यकर्मीबाटै हुने भयो ।’ छात्रा विद्यार्थीहरुको ‘महिनावारी’का समस्याहरु पनि अब स्वास्थ्यकर्मीबाट समाधान हुने उनको भनाइ थियो । 

एक करोड बिनियोजन यस योजनाको लागि चालु आर्थिक वर्षमा प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले एक करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । कार्यक्रम सञ्चालन भएका विद्यालयमा स्वास्थ्य उपचारका लागि चाहिने सम्पूर्ण औषधि र उपकरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउनेछ । आगामी आर्थिक वर्षबाट स्थानिय तहमा बजेट पठाएर स्थानियले आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्ने योजना मन्त्रालयले अघि सारेको छ । प्रदेशका सबै सामुदायिक विद्यालयमा कार्यक्रम पु¥याउने लक्ष्यका साथ मन्त्रालय लागिपरेको छ । ३ नं प्रदेशमा एक हजार ३४१ विद्यालय छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *