ओपो आर १७ प्रो सार्वजनिक

 

पुष २, काठमाडौं । ओपोले नेपालमा आर सिरिज अन्तर्गत आर १७ प्रो सार्वजनिक गरेको छ । उपभोक्ताका दैनिक अवश्यकताको पूर्ति गर्ने सोचका साथ आर १७ प्रो नयाँ आकर्षक ग्राडियण्ट डिजाइन र नव प्रबर्तनात्मक प्रविधिको उत्कृष्ट समायोजनका रुपमा सार्वजनिक गरिएको हो । 

पाको, न्यूरोडमा आइतवार फस्र्ट सेल कार्यक्रमको आयोजना गर्दै कम्पनीेले आधिकारिक रुपमा नेपालमा आर १७ प्रोको विक्रि आरम्भ गरेको हो । आर १७ प्रो स्क्रिनको ९१.५% ओगट्ने १९.५ः९ एफएचडी+ ६.४ ईञ्च स्क्रिन सहितको आर १७प्रोमा वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ । उपभोक्तालाई ठूलो स्क्रिन टु बडी रेसियो अनुभव दिने सोचका साथ कम्पनीले फोनको फ्रण्ट क्यामेरा वाटर ड्रपलेटको मध्यभागमा समायोजित गरेको छ । 

null

फोनको गति र कार्य क्षमतामा तिब्रताकालागि ८ जीबी र्याम + १२८ जीबी रोम सहितको आर १७ प्रो, कोरनिङ गोरिल्ला ग्लास ६ प्रयोग गरिएको पहिलो उपकरण हो । कलर ओएस ५.२ मा आधारित एण्ड्रोइड ८.१ सञ्चालन प्रणाली प्रयोग गरिएको यो फोनलाई क्वालकम स्न्चापड्रचागन ७१० प्रोसेसरले शक्ति प्रदान गर्छ । 

आर १७ प्रोको मूल्य रु. ८९,९९०/–निर्धारण गरिएको छ । ‘नेपालमा आर सिरिज प्रवेशको घोषणा गर्न पाउँदा हामी निकै प्रफुल्लित छौँ ।’,ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *