तपाईलाई तौल घटाउन मन छ ? यी चीज सुँघ्ने गर्नुहाेस्

अहिलेको अवस्थामा आफ्नो तौल घटाएर सबैजना स्वास्थ्य अनि सुन्दर हुन चाहन्छ तर यो कुरा चाहेर मात्र हुने होईन कुरा हैन र तौल घटाउनु सामान्य कुरा पनि होईन । यसको लागि हामीले हरेक कुरामा कन्ट्रोल गर्नुपर्ने हुन्छ सही डायट र व्यायाम अनि दृढ संकल्प आवश्यक हुन्छ । तर डायट र व्यायामबाहेक पनि केही चीजले तौल घटाउन सहयोग गर्छ । केही कुरा सुँघ्दा तौल कम हुन सक्छ । 

ओसाका एक विश्वविद्यालयमा मुसामा गरेको एक रिसर्च अनुसार मुसाहरूलाई मौसमअनुसारको फल सुँघाउँदा उनीहरूको भोक र तौल दुवै घटेको पाइयो । फलको सुगन्धले सीधै लिभर एन्जाइमसँग इन्टरएक्ट गर्छ । 

स्मेल एन्ड ट्रीटमेन्ट एन्ड रिसर्च फाउन्डेसनको एक अध्ययनअनुसार, बढी तौल भएका मानिसले भोक लाग्दा हरियो स्याउ र केरा सुँघ्दा उनीहरूको तौल नसुँघ्नेको भन्दा घटेको पाइयो । 

null

यस अध्ययनलाई पत्याउने हो भने न्युट्रल स्वीटको गन्धले भोकमा नियन्त्रण पाउन सकिन्छ । तपाईंसँग हरियो स्याउ वा केरा छैन भने पनि भेनिला सुँघ्न सक्नुहुन्छ । भिटामिन सी भरपूर रहेको यो साइट्रस फल खानुअघि सुँघ्दा पनि तौल घटाउने प्रक्रिया अनेकौं गुणाले बढ्छ । 

फ्लेवर नामक जर्नलमा सन् २०१२ मा प्रकाशित एक स्टडीअनुसार खानाको चर्को गन्ध आएमा तपाईं त्यो खानाको सानो सानो टुक्रा मात्र खान सक्छन् । चर्को फ्लेवर र गन्ध भएको खानेकुरा खाँदा तौल घट्छ । पीरो खुर्सानी खाँदा तौल घट्छ । 

खाद्य रसायनसम्बन्धी जर्मन अनुसन्धान केन्द्रको एक अध्ययनअनुसार, एक्स्ट्रा भर्जिन ओलिभ ओयल सुँघ्दा पनि पेट भरिएको अनुभव हुन्छ । सुगन्ध भरिएको ओलिभ ओयलमा दही हालेर मानिसलाई खुवाउँदा ओलिभ ओयलमा स्वस्थ फ्याट हुन्छन् जसले पेटको बोसो घटाउन सहायता गर्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *