दुहबीको महत्वकांक्षी योजनामा निजीक्षेत्रसँग अन्तरक्रिया

 

मंसिर १८, दुहबी । दुहबी नगरपालिकाको ५१ अरबको १० वर्षे महत्वकांक्षी योजना अन्तर्गतको प्रस्तावित दुहबीको एकिकृत नगर विकास योजना कार्यान्वयन प्रकृयाकालागि निजि क्षेत्रको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम हिजो समपन्न भएको छ । 

कार्यक्रममा दुहबी नगरपालिकाले तयार गरेको शहरी विकास योजनाकाको विषयमा दुहवीका उद्योगीहरुसँग छलफल गरिएको थियो । 

null

बिराटनगर स्थित पर्पल हेड होटेलमा निर्यसको सहकार्यमा दुहवी नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्षहरु, कर्मचारीहरु, दुहबीका उद्योगीहरु लगायतको उपस्थितिमा भएको सो कार्यक्रमलाई निर्यसका टिम लिडर अजय चन्द्रलालले प्रस्तुत गरेका थिए । 

प्रस्तावित दुहबी नगर विकास योजनाकालागि बृहत नामक संस्थाका चेयरमेन तथा उद्योगी ओमबहादुर राजभण्डारीले सहजिकरण गरेका थिए । छलफलको क्रममा दुहबीको उद्योगहरुमा केहि समुहहरुले चन्दा आतंक, धाक धम्की र दादागिरी गरिरहेको दुहबीका उद्योगिहरुले गुनासो गरेका थिए । 

उद्योगीहरुले दुहबी सुरक्षाको दृष्टिकोणलेपनि अति संवेदनशिल क्षेत्र रहेकोमा लगानी सुरक्षाको अनुकुल वातावरण बनाउन आग्रह गरेका थिए । कार्यक्रममा दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले नगर विकासमा निजि क्षेत्रको ठुलो योगदान रहेको बताउँदै शहरी विकास योजनाकालागि निजि क्षेत्रको सहयोग अपरिहार्य रहेकोमा आफु सदैब निजि क्षेत्रको पक्षमा रहने बिश्वास दिलाएका थिए । 

मेयर गच्छदारले निजि क्षेत्रलाइ दुहबीमा ढुक्क भएर लगानी गर्न आग्रह गदै ५ देखि १० वर्ष सम्म कर छुट दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा मोरङ उद्योग संगठनका अध्यक्ष भिम घिमिरेले औधोगिक लगानी मैत्री वातावरण बनाउनु पर्ने र लगानीकर्ताहरुलाइ प्रोत्साहन र संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा दुहबी नगरपालिकाका उपमेयर सुनिता दाहाल (साह) ले स्वागत मन्तव्य दिईन् भने कार्यक्रम संचालन दुहवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *