राजदूत शेर्पालाई मानव तस्करीको आरोप, छानविन गर्न काँग्रेसको माग

मंसिर १९, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको मानव तस्करीको आरोपका सम्बन्धमा छानविन गर्न माग गरेको छ ।
सिंगो राष्ट्रकै प्रतिनिधित्व गर्ने राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्य तथ्य निरुपण गर्ने सरकारको कर्तव्य भएको बताउँदै छानविन गर्न काँग्रेसले माग गरेको हो ।
null
प्रवक्ता शर्माले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो विषय हामीले गम्भीर रुपमा लिएका छौँ । निजकै सहयोगीले यो विषय सार्वजनिक गरेको साता दिन भइसक्दा समेत नेपाल सरकारले गम्भीर चासो प्रकट गरी अनुसन्धान नथाल्नुले हामीले झनै गम्भीर र दुःखद रुपमा लिएका छौं ।’
काँग्रेसले सो विषयबारे तत्कालै आवश्यक छानविन गर्न, छानविनका लागि तत्काल परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन माग गरेको छ ।
साथै काँग्रेसले दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।








