स्पेनिस ला लिगा: रियल मड्रिडले भ्यालेकानोलाई हरायो

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित हात पारेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले रायो भ्यालेकानोलाई १–० गोलले हराएको हो । 

रियलको जितमा करिम बेन्जिमाले गोल गरे । उनकै निर्णायक गोलमा रियल बराबरीबाट जोगिएको हो । खेलको १३ औं मिनेटमा नै बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अगाडि रहेको रियलले दोस्रो हाफमा गोल गर्ने धेरै अवसर खेर फाल्यो । 

जितसँगै रियलले १६ खेलबाट २९ अंक बनाएको छ । पराजित रायो भ्यालेकानोले भने १६ खेलबाट १० अंक मात्रै बनाउन सकेको छ । 

null

लिगको शीर्ष स्थानमा भने बार्सिलोना रहेको छ । बार्सिलोनाको १५ खेलबाट ३१ अंक रहेको छ । त्यस्तै, लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको १६ खेलबाट ३१ अंक नै रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *