अर्नाको आक्रमणबाट एक घाइते

पुष ३, बिराटनगर । सुनसरीको कोशी गाउँपालिकामा अर्नाको आक्रमणबाट एकजना घाइते भएका छन् । 

सोमबार राती १० बजेको समयमा कोशी गाउँपालिका–२ स्थित आफ्नै घर बाहिर बसिरहेको अवस्थामा नजिकैको जंगलबाट निस्किएको अर्नाले आक्रमण गर्दा २३ वर्षिय धर्मेन्द्र उराव घाईते भएका हुन् । 

अर्नाको आक्रमणबाट घाइते उरावको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचार भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *