भ्रष्ट सावित गर्न चुनौति दिँदै दिगम्बर झाले भने, मानहानीविरुद्ध अदालत जान्छु

 

पुस ११, काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले नेताहरुले भ्रष्टाचारी भनेर मानहानी गरेको भन्दै अदालत जाने चेतावनी दिएका छन् । 

रिपोटर्स क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेताहरुले आफ्नो प्रतिष्ठामाथि आँच पुर्याउनेगरी बोलेको आरोप लगाए । 

null

‘मेरो प्रतिष्ठामा आँच आयो। राजनीतिक झगडामा मलाई मुछेर चरित्र हत्या गर्ने प्रयत्न गरियो । यसको लागि म भोलि अदालत गएर न्याय माग्न सक्छु। मानहानीको क्षतिपूर्ति पनि माग्न सक्छु’ झाले भने । 

उनले आफूले अहोरात्र काम गर्दा पनि विनाकारण नेताहरुले भ्रष्टाचारी ठहर गरिदिएको प्रति आपत्ति जनाए । उनले भने, ‘यहाँसम्म की मलाई अहिलेसम्म कुनै बयान पनि लिइएको छैन । म दोस्रोपटक प्रतिष्पर्धाबाट आएको हुँ । कसैको कृपाले आएको होईन । देउवा सरकारको पालमा त मलाई राम्रो काम गरेको भनेर अर्को पटक समय थपेको हो ।’ 

अध्यक्ष झाले नेकपाको स्थायी समितिको बैठकमा समेत विभिन्न नेताहरुले आफूलाई गलत आरोप लगाएको कुरा मिडियामार्फत बाहिर आएको टिप्पणी गर्दै उनले यसले आफू मर्माहत र खिन्न भएको गुनासो गरे। ‘मजस्तो एउटा कर्मठ र इमान्दार राष्ट्रसेवकलाई खुलेआम सञ्चार माध्यमहरुमा भ्रष्टाचारी सावित गर्नु दुःखको कुरा हो’, उनले भने । 

आफू कुशल, योग्य र कर्तव्यनिष्ठ प्रशासक भएकोले नै बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा प्राधिकरणको अध्यक्षमा नियुक्ती दिएको दाबी गर्दै झाले भने, ‘त्यतिबेला एक महिना पनि काम गर्न पाएको थिइनँ, सर्वोच्च अदालतमा रिट पर्यो । म दुई वर्ष काम गर्नबाट बञ्चित भएँ । पछि ०७१ देखि ०७४ सम्म मैँले काम गरें । आफूले गरेको काम राम्रो भएको विज्ञ सम्मिलित समितिको निश्कर्षपछि २०७४ साल मंसिरबाट फेरी दोस्रो कार्यकालको लागि मलाई नियुक्त गरिएको हो ।’ 

उनले नेपाल सतिले सरापेको देश भनिएको सुनाउँदै आफ्नो हकमा पनि त्यही भएको गुनासो पोखे । उनले नेपालमा राम्रो काम गर्नेको कहिल्यै भलो नहुने गरेको बताए । 

आफूले ग्रामिण क्षेत्रमा बसोबास गर्ने सबैमा ईन्टरनेटको पहुँच पुर्याउनको लागि काम गरेको पनि उनले सुनाए । झाले अल्पसंख्यक वा मधेशी समूदायको भएकै कारणले आफूमाथि यस्तो प्रहार भएको हो कि भन्ने आशंका समेत व्यक्त गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *