लागूऔषध सहित दुई जना थानकोट प्रहरीको नियन्त्रणमा

  

मंसिर १८, काठमाडौं । महानगरिय प्रहरी वृत्त थानकोटले लागू औषध सहित दुईलाई नियन्त्रणमा लिएको छ । 

थानकोट नागढुङ्गामा पोखराबाट काठमाडौं तर्फ आइरहेको ना.७.ख. ५६७ नंको यात्रुबाहक बसलाई बिशेष सुचनाको आधारमा चेकजाँच गर्दा लागू औषध सहित दुईलाई नियन्त्रणमा लिएको हो । 

null

 

थानकोट प्रहरीका अनुसार बसमा यात्रा गरि आएका जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं ७ घर हुने बर्ष १९ को श्याम लाल तामाङको साथबाट ४ के.जि. १०० ग्राम चरेश फेला परेको हो । प्रहरीले तामाङलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । 

यसैगरी काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं १२ बालकुमारी बस्ने एक ब्यक्तिलाई लागू औषधसहित नियन्त्रणमा लिइएको छ । बिशेष सुचनाको आधारमा काभ्रेपलान्चोक कात्तिके देउराली ५ घर हुने बर्ष ३० को मनोज रिमाललाई चकेजाँच गर्दा कपडाको झोलामा प्रतिबन्धित लागू औषध एम्पुल नुफिन, फेनार्गन तथा डाइजेल्याप ४६/४६ एम्पुलका दरले फेला परेको छ ।निजलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएपि कुमार विक्रम थापाले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *