हिन्दू राष्ट्र स्थापनाका लागि जनसङ्घर्षको अभियान चलाउँछौँः कमल थापा

 

मंसिर २०, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशीको दबाब र प्रभावमा धर्म निरपेक्षता लादिएको बताएका छन् । 

मिडिया नेपालद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् । 

null

अध्यक्ष थापाले धर्म प्रचारक संस्थापाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको उल्लेख गर्दै राप्रपाले पुनः हिन्दू राष्ट्र घोषणाका लागि जनसङ्घर्षको अभियान थाल्ने बताए । 

‘विदेशीको दबाब र प्रभावमा धर्म निरपेक्षता लादिएकाले पुनः हिन्दू राष्ट्र घोषणाका लागि राष्ट्रिय जनता पार्टीले आगामी फागुन ७ गतेदेखि जनसङ्घर्षको अभियान थालनी गर्छौं’, उनले भने । 

एउटा धर्मप्रचारक संस्थामा सरकारको सहभागिता रहनुले बहुसङ्ख्यक हिन्दू आस्थावान्प्रति प्रहार भएको बताउँदै उनले जनसङ्घर्ष शान्तिपूर्ण, गाउँगाउँदेखि शुरू भई काठमाडौँ केन्द्रित हुनेछ भने । 

जनसङ्घर्ष कुनै राजनीतिक दल, सरकारको विरूद्ध नभइ नेपाली पहिचान र राष्ट्रिय एकताको सुदृढीकरणमा केन्द्रित रहने उनले प्रष्ट पारे । 

उनले २०६२–०६३ को जनआन्दोलनपछि १२ वर्षमा लाखौँ व्यक्तिलाई विभिन्न प्रलोभनमा धर्म परिवर्तन गराईएको दावी गरे । 

धर्म परिवर्तन बढ्दै गए मुलुक धार्मिक तथा सांस्कृतिक द्वन्द्वमा फस्ने उनले चेतावनी दिँदै उनले भने, ‘१ वर्षभित्र संगठन सुदृढिकरण अभियान, पार्टी इकाईको पुनर्गठन, ५० हजार सदस्यता वितरण र हिन्दुराष्ट्र पुनर्जागरणको अभियान चलाउँछाैँ।’ 

अध्यक्ष थापाले पत्रकार सम्मेलनमा सरकारको नौ महीनाको गतिविधिले जनतामा नैराश्य, अनिश्चितता सिर्जना गरेकाले राष्ट्र अराजकताको दल–दलमा फस्ने खतरा देखिएको धारणा व्यक्त गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *