मृत महिलाको गर्भाशयबाट यसरी जन्मियो स्वस्थ बच्चा

मंसिर २० । मृत महिलाको गर्भाशयबाट एक स्वस्थ बच्चाको जन्म भएको छ । सन् २०१६ मा ब्राजिलको साओ पालो शहरमा निधन भएकी एक महिलाको गर्भाशय जन्मँदै गर्भाशयविहिन महिलाको शरीरमा १० घण्टा लामो प्रयासमा प्रत्यारोपण गरिएको थियो । 

प्रत्यारोपणपछि ती महिलाको प्रजनन क्षमताको पनि उपचार गरिएको थियो । अहिले ३२ वर्षकी ती महिलाले पाठेघर प्रत्यारोपणपछि गर्भाशयबाट स्वस्थ बच्चा जन्माएकी हुन् । 

यसअघि साओ पाओलोको अस्पतालमा ३९ आमाहरुले आफू जीवितै रहेका बेला आफ्ना छोरीहरुलाई पाठेघर प्रदान गरेका थिए । त्यसमध्ये ११ जनाले बच्चा जन्माएका थिए । 

null

तर निधन भइसकेकी महिलाको पाठेघर प्रत्यारोपण गरिएका यसअघिका १० प्रयासमा बच्चा जीवित जन्मिएका थिएनन् । यसअघिका प्रयासमा गर्भ रहने तर केही मिहनामै खेर जाने भएको थियो । तर पछिल्लो प्रयास भने सफल भएको हो । 

जुन महिलाको गर्भाशय लिइयो ती तीन सन्तानकी आमा थिइन् र उनको दिमागमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको थियो । 

यस्तै, गर्भाशय पाउने महिला भने मेयेर–रोकिटान्स्की–होजर सिन्ड्रोमबाट पीडित थिइन् जुन हरेक साढे चार हजार महिलामध्ये एक महिलामा पाइन्छ । 

यस्तो रोग लागेका महिलाको योनी र गर्भाशय सही तरिकाले विकसित हुन पाउँदैन । तर, यी महिलाको ओभरी (अण्डाशय) भने ठिक थियो । 

डाक्टरले आमा बनेकी महिलाको शरिरबाट अण्डा निकालेपछि त्यसलाई पिता बन्ने व्यक्तिको शुक्रकिटसँग फर्टिलाइज (निषेचन) गराए । 

त्यसपछि महिलालाई यस्तो औषधी दिइयो जसले उनको रोग प्रतिरोधी क्षमतालाई कम गर्दथ्यो । रोग प्रतिरोधी क्षमता राम्रो हुँदा उनको गर्भाशय शरिरमा राम्रो तरिकाले व्यवस्थित गराउन बाधा उत्पन्न हुनसक्थ्यो । 

त्यसको ६ हप्तापछि महिलाको महिनावारी सुरु भयो । त्यसपछि सात महिनापछि फर्टिलाइज्ड अण्डालाई महिलाको गर्भाशयमा राखियो । र सन् २०१७ डिसेम्बर १५ तारिखमा गर्भाशय पाउने महिलाले शल्यक्रियामार्फत २.६ किलोग्रामकी स्वस्थ बालिकालाई जन्म दिइन् । 

लण्डनस्थित इन्पेरियल कलेजसँग सम्बन्धित डा. सरदजान सासोले यो उपलब्धि निकै उत्साहजनक भएको बताए । 

उनी भन्छन्, ‘यसपछि अब सम्भावित दानकर्ताको संख्या बढनेछ र यसमा खर्च पनि कम हुनेछ । यसले जीवित व्यक्तिको गर्भाशय प्रत्यारोपणको क्रममा आउने जोखिमबाट बचाउन सहयोग गर्नेछ ।’ 

एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *