सर्वसाधारणको आठ करोड रकम कहाँ गयो ?

पुस ६, काठमाडौं । शुशासन र इमान्दारिताको बखान गर्न कहिल्लै नथाक्ने जोशी परिवारले कसरी भ्रष्टाचार गरि अकूत सम्पत्ति आर्जन गरिरहेका छन् प्रष्टिँदै गएको छ । 

छिमेक लघुवित्त वित्तिय संस्था खोलेर सर्वसाधारणलाई सहुलियतमा ऋण प्रवाह गरी समाज सेवाको नक्कली खोल ओढेका छिमेक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र जोशीको परिवारले करिब ८ करोड रूपैयाँ एउटा गैर सरकारी संस्थामा स्थानान्तरण गरेर भ्रष्टाचार गरेको खुल्न आएको हो । 

छिमेकका प्रमुख कार्यकारी अधिकृत जोशीले आफ्नै परिवारका सदस्यको गैरसरकारी संस्थामा रकम हस्तान्तरण गरेर ८ करोड रकम दुरुपयोग गरेको खुलेको हो । प्रमुख कार्यकारी अधिकृतकै संलग्नतामा संस्थाको पैसा स्थानान्तरण गरेको देखिएपछि संस्थाका इमान्दार कर्मचारीहरु नेपाल राष्ट्र बैंक गुहार्न पुगेका छन् । 

null

 

विपन्न महिलालाई सामुहिक जमानीमा ऋण दिएर उनीहरुको आर्थिक अवस्था सुधार्ने उद्देश्य लिएको संस्थाले ऋणीसँग उठाएको रकममा डरलाग्दो अनियमितता गरेको छ । एक दशक अघिदेखि ऋणी र पशुधन सुरक्षण कोषका नाममा उठाएको करीब ८ करोड संस्थाको व्यवस्थापनले गैरसरकारी संस्थामा स्थानान्तरण गरेर भ्रष्टाचार गरेको हो । 

०७२ सालको भूकम्पमा पिडितलाई राहत दिने भनेर संस्थाले आफ्ना कर्मचारीबाटै सहयोग जुटाउने निर्णय गर्यो । तर, देशभरबाट कर्मचारीको २ दिनको तलब वितरण गर्ने भन्दै उठाइएको रकम भुकम्प पिडितका हातमा पर्न सकेन । उक्त रकम समेत संस्थाले आफ्नै नाममा जम्मा गरेको स्रोतको दावि छ । 

 

स्रोतले दिएको जानकारी अनुसार छिमेक सेवा समाज संस्थाले चितवनमा तीन बिघा जमीन खरीद तथा प्लटिङ गरी लघुवित्तका पदाधिकारी, कर्मचारी र उनीहरूको परिवारलाई बेचेको पाइएको छ । 

लघुवित्तको डेपुटी जनरल म्यानेजर शोभा मिश्र, मानव संसाधन विभाग प्रमुख चोलराज शर्मा, तालिम विभाग प्रमुख दीपकनिधि तिवारी छिमेक समाज सेवा संस्थाका सञ्चालक हुन् । जसले सर्वसाधारणको पैसामा मनपरी गरिरहेका छन् । यी मध्ये मिश्र, शर्मा र तिवारी संस्थाका प्रमुख कार्यकारी अधिकृत जोशीका नातेदार समेत हुन् । 

 

 ऋणीसँग कर्जा तथा पशुधनको सुरक्षण बापत उठाएको रकम छिमेक सेवा समाज नामक गैरसरकारी संस्थामा सारेर भ्रष्टचार गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले छिमेक लघुवित्तलाई कारवाहीका लागि छानविन अघि बढाएको छ । कमजोर आर्थिक अवस्था भएका महिला ऋणीको रकमबाट घरजग्गा जोड्ने काम भएपछि राष्ट्र बैंकले वित्तिय अनुशासन नभएको भन्दै छानविन गरिरहेको स्रोतको दावि छ । 

छिमेक लघुवित्तको रकम गलत नियतले गैरसरकारी संस्थामा सारिएको भेटिएपछि विभिन्न कागजपत्र मगाएर अनुसन्धान भइरहेको नेपाल राष्ट्र बैंकको लघुवित्त प्रवद्र्धन तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीले बताए । राष्ट्र बैंकले जोशीसहित उच्च तहका अधिकारीसँग स्पष्टिकरण समेत लिएको छ । 

 

छिमेकले आफ्ना सदस्य (ऋणी) बाट वार्षिक रूपमा कर्जा रकमको १ प्रतिशत ऋणी सुरक्षण शुल्क लिन्छ भने पशुपालनको लागि प्रवाह गरेको ऋणको ५ प्रतिशत पशु संरक्षण कोषमा राखेर अशुल गर्दै आएको छ । 

सम्पूर्ण सदस्यबाट उठाएको प्रति सदस्य मासिक रु.१ मा त्यति नै थपेर कल्याणकारी कोषमा जम्मा गर्छ भने कर्मचारीको वषेर्नी दुई दिन बराबरको तलब समेत राख्ने गरेको छ । यसरी जम्मा हुन आउने रकम पनि प्रमुख कार्यकारी अधिकृतले आफैंले चलाउने गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *