प्रहरी कार्यालयमा नोबेलको शिविर (भिडियोसहित)

 

पुस ५, मोरङ । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय र रामलालजी गोल्छा धापीदेवी च्यारिटी ट्रष्टसँग सहकार्य गरी एक दिने निःशुल्क शिविर आयोजना गरिएको हो । 

प्रहरी कार्यालय परिसरमा आयोजित शिविरबाट ४ सय १७ जना प्रहरी कर्मचारी तथा उनीहरुका आफन्तले निःशुल्क स्वास्थ्य सेवा लिएको नोबेल शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । 

null

 

शिविरमा औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । नोबेलका दुई दर्जन बढी विशेषज्ञ डाक्टरहरुको टोलीले शिविरमा बिरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए । 

 

शिविरमा स्त्री रोग, जेनरल मेडिसिन, हाडजोर्नी तथा नशा, आँखा, नाक, कान, घाँटी, दन्त लगायत सम्पूर्ण रोगको उपचारसँगै भिडियो एक्सरे, ईसीजी र ल्यावटेष्ट पनि निःशुल्क गरिएको हो । 

 

जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी, अस्थायी प्रहरी बिट लगायत सबै क्षेत्रमा कार्यरत प्रहरी कर्मचारी र उनीहरुका आफन्तले शिविरबाट स्वास्थ्य सेवा लिएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक मनोज कुमार केसीले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *