प्रधानमन्त्रीज्यू, तपाईंको घाँटीमा झुण्डिएको सम्मान होइन, अपमान हो !

 

मंसिर १७, काठमाडौँ । आइतबार (मंसिर १६) एसिया प्यासिफिक समिटको समापन समारोहमा प्रधानमन्त्रीलाई ‘गुड गभर्नेन्स अवार्ड’ दिइयो । 

सुरुमा ‘सच्चा माता’ हाक जा हान मुनसँग प्रधानमन्त्री दम्पतीले ब्लेसिङ लिने कार्यक्रम तय गरिएको थियो तर चर्को आलोचनापछि प्रधानमन्त्री दम्पतीले ब्लेसिङ कार्यक्रममा सहभागीता जनाएनन् । 

null

त्यसपछि आयोजकले चलाखीपूर्वक ब्लेसिङ समारोहमै प्रधानमन्त्रीलाई अवार्ड दिने सेड्युल बनाए । प्रधानमन्त्रीले अवार्ड पनि लिए । यसले झनै पार्टीभित्रै विवाद निम्त्यायो । 

यसैबीच विवादास्पद संस्था युनिभर्सल पिस फाउण्डेसन (यूपीएफ) बाट प्रधानमन्त्री केपी ओलीले अवार्ड तथा सम्मान ग्रहण गरेकोमा विवेकशील साझाका प्रमुख रवीन्द्र मिश्रले असन्तुष्टि जनाएका छन्। 

मिश्रले सामाजिक सञ्जालमा लेख्दै देशमा खराब नेतृ्त्व र कुशासनका लागि हरदिन यति बिघ्न आलोचना भैइरहेका बेला ‘नेतृत्व र सुशासन पुरस्कार’ लिन अफ्टेरो लागेन ? भन्ने प्रश्न गरे । 

उनले प्रधानमन्त्रीको फोटो सहित लेखेका छन्, ‘तपाईंको घाँटीमा झुण्डिएको सम्मान होइन, अपमान हो ! 

प्रधानमन्त्रीज्यु, 

यो त अति भयो। तपाईं देशको प्रधानमन्त्री । हामी सबैको प्रधानमन्त्री। देशको प्रधानमन्त्रीले जसले जे पुरस्कार दियो, त्यसैका लागि शिर नुहाउने ? धर्म प्रचारक संस्थाले दिएको पुरस्कार थाप्ने ? 

त्यसमा पनि देशमा खराब नेतृ्त्व र कुशासनका लागि हरदिन यति बिघ्न आलोचना भैइरहेका बेला ‘नेतृत्व र सुशासन पुरस्कार’ लिन अफ्टेरो लागेन ? 

कि निर्मलालाई न्याय, वाइड बडी विमान, राष्ट्रपतिलाई गाडी, भ्रष्टाचारका अन्य मामिला तथा विकास आदि सबै विषयमा गज्जब काम गरेको छु भन्ने भ्रममा हुनुहुन्छ ? 

हुनत, बारम्बार जनताकै मत जितेर आउनु भएको हो। संभवतः हामी नेपाली तपाईंकै लागि योग्य छौं भन्ठान्नु भएको होला। तपाईंको त्यो भ्रम अब लामो समय टिक्नेवाला छैन।’ 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *