सेबोनको नेप्सेलाई निर्देशन, प्रदेशहरुमा ब्रोकर लाइसेन्स खुल्ला गरिदै

मंसिर १८, काठमाडौँ । बोर्डले बिभिन्न प्रदेशहरुमा (काठमाण्डौ उपत्यका बाहेक) स्थानिय स्तरमा ब्रोकर लाइसेन्स वितरणको आवश्यक कार्य अगाडी बढाउन नेप्सेलाई निर्देशन बोर्डद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 

धितोपत्रको प्राथमिक बजार देशव्यापी रुपमा ७७ जिल्लाभर बिस्तार भैसकेकोमा धितोपत्रको दोस्रो बजारलाई समेत बिस्तार गर्ने उद्देश्यले बोर्डले संघिय संरचना अनुसार ब्रोकर लाइसेन्स बितरण गर्ने कार्य अगाडी बढाएको प्रवक्ता निरज गिरीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएको छ । 

 

null

देशमा संघीय संरचना अनुसार प्रादेशिक सरकार निर्माण भैसकेको र प्राथमिक बजारसँगै धितोपत्रको दोस्रो बजारलाई पनि सोही अनुरुप प्रतिस्पर्धात्मक रुपमा बिस्तार गर्न आवश्यक भएको देखिएकोले स्थानिय स्तरमा ब्रोकर बिस्तार गर्न लागिएको बोर्डले जनाएको छ । 

धितोपत्र व्यवसायीले धितोपत्र व्यवसाय गर्नका लागि धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ अनुसार धितोपत्र बजारको सिफारिश सहित बोर्डमा निवेदन दिने व्यवस्था रहेकोले बोर्डले उक्त कार्य अगाडि बढाउनका लागि नेप्सेलाई निर्देशन दिएको हो । 

स्थानिय स्तरमा ब्रोकर बिस्तारले विद्यमान बजारको अवस्था तथा दायरा फराकिलो हुने बोर्डको विश्वास छ । स्थानीय स्तरका व्यवसायी हुँदा उक्त व्यवसाय प्रतिको अपनत्वको साथै स्थानिय पुँजी परिचालन भई स्थानिय स्तरमा समेत धितोपत्र बजारको दायरा फराकिलो हुने तथा स्थानिय स्तरको व्यवसायी प्रति लगानीकर्ताको विश्वास, धितोपत्र दलाल व्यवसायीमा हुने जोखिम न्यूनीकरण हुने अपेक्षा गरेको छ । 

आर्थिक बर्ष २०७५ र ०७६ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी निती तथा कार्यक्रमा धितोपत्रको दोस्रो बजारको पहुँच बिस्तार गरी धितोपत्र बजार मार्फत स्थानिय स्तरमा रहेको बचत तथा लगानीलाई दीर्घकाली पुँजी परिचालनको मूल प्रवाहमा ल्याउन आर्थिक रुपमा सम्भाव्य जिल्ला र स्थानहरुमा धितोपत्र दलाल सेवा सञ्चालन अनुमति दिने कार्यक्रम निर्धारण गरेको छ । 

धितोपत्रको प्राथमिक बजार ७७ जिल्लामा बिस्तार भै सकेको परिप्रेक्ष्यमा उल्लेखित व्यवस्था कार्यान्वयनमा आए पश्चात स्थानिय स्तरमा रोजगारीको स्तर वृद्धि हुने तथा धितोपत्रको दोस्रो बजार कारोबार सुविधा समेत देशव्यापी रुपमा बिस्तार भई समग्र पुँजी बजारको दायरा फराकिलो हुने बोर्डको विश्वास रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *