युनाइटेड र आर्सनलको बराबरी, टोटनह्यामको सानदार जित

एजेन्सी । टोटनह्इामले प्रभावशाली जित दर्ता गरेकै दिन आर्सनल र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् । बुधबार राति भएको खेलमा टोटनहयामले साउथह्यामटनलाई ३–१ ले हरायो । 

टोटनह्यामको जितमा ह्यारी केनले ९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । लुकास मौराले ५१ औं मिनेटमा र सङह्योङ मिनले ५५ औं मिनेटमा गोल गोल गरे । खेलको अतिरिक्त समयमा साउथह्यामटनले एक गोल फर्कायो । 

टोटनह्याम १५ खेलबाट ३३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । वुल्भ्ससँग २–१ ले पराजित भएको चेल्सी ३१ अंकसहित चौथो स्थानमा छ । 

null

यस्तै आर्सनलसँगको खेलमा दुवै हाफमा पछि परेको अवस्थाबाट पुनरागमन गर्दै म्यानचेस्टर युनाइटेडले बराबरीको नतिजा निकालेको छ । 

घरेलु मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेड उनाई एम्रीको टिम आर्सनलसँग २–२ को बराबरी गर्न सफल भएको हो । 

२६ औँ मिनेननटमा मुस्ताफीको गोलबाट आर्सनलले सुरुवाति अग्रता लियो । त्यसको चार मिनेटपछि एन्थोनी मार्सलले म्यानचेस्टर युनाइटेडका लागि बराबरी गोल फर्काए । 

पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा आर्सनलले दोस्रो हाफमा अग्रता लियो, त्यो पनि उपहार गोलबाट । ६८ औँ मिनेटमा म्यानचेस्टर युनाइटेडका मार्कस रोजोले आत्मघाती गोल गरे । तर त्यसको एक मिनेटपछि नै युनाइटेडका लागि जेसी लिङ्गार्डले बराबरी गोल फर्काए । 

बराबरीपछि आठौँ स्थानको म्यानचेस्टर युनाइटेडको १५ खेलबाट २३ अंक भएको छ । पाँचौँ स्थानमा रहेको आर्सनलको ३१ अंक छ ।अरु खेलमा लेस्टर सिटी र फुलह्याम तथा एभर्टन र न्युक्यासलले समान १–१ को बराबरी खेलेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *