अर्बौँको जग्गा किर्ते गरी बेच्ने महन्त यसरी परे प्रहरी फन्दामा

 

मंसिर २०, काठमाडौँ । अर्बौँ रुपियाँको जग्गा किर्ते गरी बिक्री गरेको अभियोगमा रत्नसागर मठका महन्त बैकुण्ठ दास पक्राउ परेका छन् । 

संस्कृत विश्वविद्यालयअन्तर्गतका हजारी जनक विद्यापीठको जग्गा किर्ते गरी बिक्री गरेको आरोपमा उनलाई महानगरीय अपराध महाशाखाको टोलीले बुधबार काठमाडौँबाट नियन्त्रणमा लिएको हो । अदालतले पक्राउ वारेन्ट जारी गरेपछि फरार रहेका उनी एक सातापछि पक्राउ परेका हुन् । 

null

नक्कली लालपुर्जा धनी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ स्थित बसहिया निवासी अशोककुमार शर्माको बयानका आधारमा अदालतले दासलाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियाे । 

महाशाखाको टोलीले उनलाई आज (बिहीबार) जनकपुर पठाउने तयारी गरेको जनाएको छ। हत्या अभियोगमा पक्राउ परेका उनी धरौटीमा छुटेका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *