चेल्सीको अप्रत्यासित हार, तेश्रो स्थान पनि गुमायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार क्लब चेल्सीले नमिठो हार ब्यहोरेको छ । बुधबार राति भएको खेलमा वुल्भ्ससँग चेल्सी २ – १ गोल अन्तरले पराजित भयो। 

 

वुल्भ्सको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सीले ३ अंक गुमाउनु पर्यो । खेलको १८ औं रोबिन लोफ्टसले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए पनि दोश्रो हाफ चेल्सीका लागि महँगो बन्यो । दोस्रो हाफमा वुल्भ्सले उत्कृष्ट पुनरागमन गर्यो। 

null

 

खेलको ५९ औं मिनेटमा राउल जेमिनिजले गोल गर्दै वुल्भ्सलाई बराबरीमा ल्याए । त्यसपछि खेलको ६३ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै बलियो मानिएको टोलीविरुद्ध अप्रत्यासित नतिजा दर्ज गराए। 

 

यो हारसंगै चेल्सीले लिगको तेस्रो स्थान गुमाएको छ । १५ खेलबाट ३१ अंक जोडेको चेल्सी चौथो स्थानमा छ। चेल्सीलाई स्तब्ध बनाएको वुल्भ्स १५ खेलबाट १९ अंक जोडेर १२ औं स्थानमा उक्लिएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *