बार्सिलोनासँग बराबरी खेल्दै टोटेनह्याम नकआउट चरणमा, इन्टरमिलान बाहिरियो

एजेन्सी । टोटेनह्याम च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।जित्नैपर्ने खेलमा बार्सिलोनासंग १–१ गोलको बराबरी खेल्दै टोटेनह्याम  नकआउट चरण पुग्ने भाग्यमानी टोली बन्यो ।  

सोही समुहको बलियो प्रत्यासी ईटालियन क्लब ईन्टर मिलानले पीएसभीसंग बराबरी खैल्दै अंक बाँडे पछि टोटेनह्यामको नकआउट चरण सहज भएको हो।  

 

null

बराबरीपछि टोटेनहमले तालिकामा ८ अंक जोड्यो । बार्सा समुह विजेताको रुपमा यसअघिनै नकआउट चरणमा प्रवेश गरिसकेको थियो । 

बार्सिलोनाले आफ्ना स्टाल खेलाडिहरुबिनै मैदान उत्रिएको थियो । कप्तान लियोनल मेसी पनि पहिलो सेटमा खेलेनन् । उनलाई दोश्रो हाफमा मात्रै मैदान पठाएको थियो । बार्साले यो खेलमा नयाँ सेट नै उतारेको थियो ।  

 

खेलको सुरुमै उसमान डेम्बेलेले घरेलुु टोलिलाई अग्रता दिलाए पनि ८५ औ मिनेटमा लुकास माउराले बराबरी गोल गर्दै टोटेनहमलाई अन्तिम १६ को बाटो तय गराए । 

इन्टर मिलानले भने घरेलुु मैदानमा पिएसभिसँग एक एकको बराबरी खेलेपछि राम्रो मौका गुमायो । टोटेनह्यामसँग बराबरी अंक भएप्नि गोलअन्तरमा टोटेनह्यामले अघिल्लो चरणमा प्रवेश पाएको हो ।  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *