छालालाई गोरो बनाउने घरेलु उपाय

 मंसिर २८ । गोरो र सफा छाला प्रति जो कोही पनि आर्षित हुने गर्दछ । हामी सबै जना चाहन्छौँ कि हाम्रो छाला गोरा र सफा होस् । तर सबैको यस्तो छाला हुन सक्दैन । हामी मध्ये कतिले त छाला गोरो बनाउँन धेरै मंहगो–मंहगो कस्मिेटिक प्रयोग गर्न नी पछि हट्दैनौ । तर यी कस्मेटिकहरुले कुनैले राम्रो गर्दछ भने कुनैले साईट ईफेक्ट पनि गर्ने हुन्छ । फेरी सबैजनाको मंहगो कस्मेटिक प्रयोग गर्ने क्षमता पनि हुँदैन तर पनी हामीलाई गोरो सफा र राम्रो हुनु मन लाग्छ । हामीले हाम्रो घरमा पाईने वस्तुको प्रयोगबाट पनि गोरो, सफा र राम्रो हुन सकिन्छ । धेरैलाई यी कुराहरु थाहा नहुन सक्छ । ती के–के बाट प्राप्त गर्न सकिन्छ तल दिएको छ । 

 

मेवा र मह ःमेवामा हुने इम्जाइम्सका कारण यसले त्वचाको कालोपन हटाउन मद्दत गर्छ । साथै यसले अनुहारको दाग हटाउन पनि मद्दत गर्छ । महले छालालाई नरम र मुलायम बनाउँछ । त्यसैले यसलाई मिलाएर छालामा लगाउनाले छालामामा गोरोपन आउनुका साथै त्वचाको कालोपन हट्दै जान्छ र केही दिनमा तपाइँले अनुहारमा सुन्दरता पाउनुहुनेछ । 

null

काँक्रो, गुलाबजल र कागतीको रस ःछालाको कालोपन हटाउन काँक्रो, गुलाबजल र कागतीको रस मिलाएर अनुहारमा लगाउने र १० मिनेट पछि सफा पानीले धुने गरेमा अनुहारमा चमक पैदा हुनुका साथै कालोपन हट्छ । 

चन्दनको पाउडर र नरिवलको पानी ःचन्दनको पाउडरले छालालाई सफा बनाउँछ र छालाको दाग मेटाउन मद्दत गर्छ । यसले मृत कोशिकाहरु हटाउँछ । त्यसैले एक चम्चा चंदन पाउडर नरिवलको पानीमा मिलाएर त्वचामा लगाउनुहोस् र २० मिनेट पछि सफा पानीले धुने गर्नाले फाइदा हुन्छ । 

कागतीको रस, दही र गोलभेँडा ःकागतीको रस, दही र गोलभेँडामा रंग बदल्ने गुण हुन्छ । कागतीले अनुहारको दाग हटाउन मद्दत गर्छ । गोलभेँडाले छालाको तैलीयपनको कम गर्छ र दहीले त्वचामा पोषण दिनुका साथै नरम बनाउँछ । त्यसैले गोलभेँडाको गुदी एक चम्चा, कागतीको रस एक चम्चा र एक चम्चा दही लिनुहोस् र अनुहारमा लगाउनुहोस् । आधाघण्टा पछि पानीले धुने गरेमा यसले अनुहारमा चमक पैदा हुनुका साथै गोरोपन ल्याउन मद्दत गर्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *