ओलीको व्यंग्यात्मक जवाफले झनै चिसियो सम्बन्ध, फरक मतलाई मजाक नगर्न वामदेवको चेतावनि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीसँग स्थायी कमिटि सदस्य वामदेव गौतमको सम्बन्ध थप चिसिएको छ । बैठकमा फरक प्रस्ताव पेश गरेका दाहालले अध्यक्ष पद छाड्न ओलीलाई भनेपछि ओलिले प्रधानमन्त्री पनि बरु प्रचण्ड पनि बन्ने तर आफुुले अध्यक्ष नछाड्ने बताएपछि दुुईनेताबिचको जुहारी थप चर्किएको हो । 

सोमबार आफ्नो फरक मतको औचित्य पुष्टि गर्दै गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति तीव्र आक्रोश व्यक्त गरेका हुन् । बैठकको शुरुमै बोल्ने समय पाएका गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफ्नो फरक मतलाई मजाक बनाएको र हल्का टिप्पणी गरेको भन्दै माफी माग्न चेतावनी दिएको स्रोतले जनाएको छ । 

ओलीले आइतबार आयोजित पार्टी निकट वकिलहरुको कार्यक्रममा बामदेवलाई सांकेतिक जवाफ दिएका थिए । 

null

बामदेवले फरक मत राख्ने क्रममा ओलीले अध्यक्षको भूमिका निर्वाह गर्न नसकेको भन्दै प्रचण्डलाई जिम्मा दिनुपर्ने बताएका थिए । त्यसको जवाफमा ओलीले ‘संविधानले मिल्दैन, नत्र दुईटा प्रधानमन्त्री बनाउन हुन्थ्यो’ भन्दै व्यंग्यात्मक जवाफ दिएका थिए । 

नेता गौतमले भने पार्टी बैठकमा उठेको कुरालाई सार्वजनिक रुपमा मजाकको विषय बनाएकोमा आपत्ति जनाएका छन् । उनले पार्टी र सरकार स्वेच्छाचारी ढंगले चलाएको र हावादारी कुरा गरेको भन्दै ओलीमाथि कडा प्रहार गरेको एक नेताले बताए । 

सचिवालय सदस्यसमेत रहेका गौतमले भने ‘प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले मजाक गर्न सुहाउँछ ? मिल्ने भए प्रधानमन्त्री पनि दुबै जना हुने थियौं भनेर मजाक गर्ने ? दुई तिहाई छँदैछ तपाईसँग, संविधान संशोधन गर्नुस न । बनाउनुस् दुवैजना प्रधानमन्त्री ।’ 

गौतमले शनिबारकै बैठकमा लिखित धारणा स्थायी कमिटी सदस्यहरुलाई बाँडेका थिए । सोमबार त्यसबारे प्रष्ट्याउने क्रममा ओलीको चर्को आलोचना गरेका हुन् । 

आफूलाई चुनावदेखि पेलेको र विभिन्न नाममा बदनाम गर्दा पनि आफू मौन बसेको भन्दै गौतमले बैठकमा भने, ‘अब आत्मरक्षाका लागि बोल्न बाध्य भएँ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eight =