ओलीलाई देउवाको प्रश्न: प्रधानमन्त्री भएर झुटो बोल्ने ?

 

पुस ११, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । 

बुधबारदेखि सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा देउवाले अरुले गरेको कामको जस आफैँले लिएर जनतामा भ्रम छरेको आरोप लगाए । 

null

तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिका गएर ल्याएको पैसाले गरेको कामसमेत आफैँले गरेको झुटो हल्ला प्रधानमन्त्रीले फैलाएको देउवाकाे दाबी थियाे । प्रधानमन्त्री जस्तो सम्माननीय पदमा बसेर झुटो बोल्नु हुन्छ ? भन्दै उनले प्रश्न गरे । 

नेता देउवाले वाइबडी प्रकरणको यथार्थ सार्वजनिक गर्न सरकारलाई चुनौती दिँदै भने, ‘वाइडबडी प्रकरणको वास्तविकता के हो ? यो सबैकुरा जनताले थाहा पाउनुपर्यो। यसको सत्यतथ्य बाहिर नल्याए सरकारलाई हामी त्यत्तिकै छोड्नेवाला छैनौँ।’ 

त्यस्तै देउवाले निर्मला पन्तको घटनामा सरकारले निर्दोष व्यक्तिहरुलाई पक्राउ गरी जबरजस्ती अपराध कबुल गराएर आफैँ दोषी बचाउनतिर लागेको आरोप पनि लगाए । 

धर्मप्रचार गर्ने संस्थाको कार्यक्रम सरकार नै आयोजक बनेकोमा देउवाले आपत्ति प्रकट गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *