नोबेलका सञ्चालक डा.शर्मालाई स्ववियूले गर्यो सम्मान (भिडियोसहित)

 

मंसिर २६, मोरङ । स्वास्थ्य र शिक्षा क्षेत्रमा मुलुककै सबैभन्दा बढी कर तिर्न सफल नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मालाई मोरङको पथरी शनिश्चरेमा सम्मान गरिएको छ । 

पथरी शनिश्चरे स्थित पथरी बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा स्वतन्त्र विद्यार्थी यूनियनको तर्फबाट डा.शर्मालाई सम्मान गरिएको हो । 

null

स्वास्थ्य र शिक्षा क्षेत्रमा देशकै सबैभन्दा बढी कर तिरेबापत नोबेललाई केहि दिन अघि आन्तरिक राजश्व विभागले राजधानीमा सम्मान गरेको थियो । 

 

अत्यन्तै न्यून आर्थिक अवस्थाको परिवारमा जन्मिएका डा.शर्माले सञ्चालन गरेको नोबेल अस्पतालले मुलुककै सबैभन्दा बढी कर तिरेर उदाहरणीय काम गरेकाले डा.शर्मालाई सम्मान गरिएको पथरी बहुमुखी क्याम्पसका स्ववियू सचिव रोशन पराजुलीले बताए । 

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका डा.शर्मालाई क्याम्पस प्रमुख चेतन पौडेल र स्ववियू सभापति गोपाल साँवाले सम्मानित गरेका हुन् । 

 

सो अवसरमा बोल्दै डा.शर्माले सफलताका लागि लक्ष्य लिएर निरन्तर मेहनत गर्न विद्यार्थीहरुलाई सुझाव दिए । आफूले बिगतमा झेलेको गरिबीको पीडा सुनाउँदै डा.शर्माले विद्यार्थीहरुलाई भने, ‘म अत्यन्तै गरिब परिवारको छोराले मुलुककै सबैभन्दा बढी कर तिर्ने सस्था चलाउन सकेँ भने तपार्इंहरु पनि लक्ष्य लिएर मेहनत गर्नुहोस्, अवश्य सफल भईन्छ ।’ 

यसैबीच डा.शर्माले पथरी क्याम्पसमा व्यवस्थापन संकायमा अध्ययनरत एक उत्कृष्ट विद्यार्थीलाई चार्टर एकाउण्टेन निःशुल्क पढाईदिने प्रतिवद्धता पनि जनाएका छन् । 

आर्थिक अभावका कारण पढाइ खर्च जुटाउन हाँस बेच्ने, क्यारेम्बोड खेलाउने र रिक्सा कुदाउनेसम्म काम गरेका डा.शर्मा निरन्तर संघर्ष र मेहनत गरेर अहिले अरबपति बनेका छन् । उनले सञ्चालन गरेको नोबेल अस्पताल मुलुककै उत्कृष्ट करदाता बन्नुका साथै स्वास्थ्य र शिक्षा क्षेत्रमा मुलुककै उत्कृष्ट स्वास्थ्य सस्थाको रुपमा स्थापित छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *