नदीमा मोटरसाइल खस्दा एक जनाको मृत्यु

बेझाड । पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

बुटवलबाट आज पाल्पातर्फ आउँदै गरेको लु३०प ४१९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मदनपोखरा दमकडाका ३७ वर्षीय गणेश रेग्मीको मृत्यु भएको दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक एकबहादुर नेपालीले जानकारी दिए।  

मोटरसाइकल सडकबाट एक सय मिटर तल तिनाउ नदीमा खसेको थियो।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *